arrow

जीपी कोइराला अस्पतालमा विद्युतीय चिकित्सा प्रणाली 

logo
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ १० मंगलबार
hospital-gp-koirala-tanahu.jpg

तनहुँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले शुक्लागण्डकी नगरपालिका-५ बेलचौतारास्थित जीपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा विद्युतीय चिकित्सा प्रणाली (इएमआर)को शुभारम्भ गरेका छन् ।

अस्पतालमा मंगलबार आयोजित कार्यक्रममा उनले यो सेवा आरम्भ गरेका हुन् ।

विश्व स्वास्थ्य सङ्गठनले रु २५ लाख २६ हजार बराबरको उपकरण जडानसँगै सेवा सुरु भएको हो । 

दक्षिण एसियाको उत्कृष्ट श्वासप्रश्वास उपचार केन्द्रका रूपमा स्थापना गर्न सरकारले पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाका नाममा केन्द्र स्थापना गरेको हो । 

केन्द्रलाई शुक्लागण्डकी नगरपालिकाको बेलचौतारामा सात सय ४० रोपनी जग्गा प्राप्त भएको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ