arrow

प्रधानमन्त्रीद्वारा तीजको शुभकामना, पर्वको सांस्कृतिक महत्वमा जोड

logo
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ १० मंगलबार
oli-nirdesha.jpg

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले हरितालिका (तीज) को अवसरमा सम्पूर्ण दिदीबहिनीहरूलाई सामाजिक सञ्जालमार्फत शुभकामना व्यक्त गरेका छन्। उनले तीजलाई शील, सौजन्य र उदारताको पर्वका रूपमा चित्रण गर्दै सबैको परिवारमा आत्मीयता, दाम्पत्य जीवनमा उल्लास र समाजमा सद्भाव फैलोस् भन्ने कामना गरे।

प्रधानमन्त्री ओलीले तीजलाई प्रायः गीत र नाचको पर्व मात्रै ठानिए पनि यसको मूल मर्म व्रत, संयम र आत्मअनुशासनसँग जोडिएको बताए। उनले प्राचीनकालमा पतिपत्नी दुवैले व्रत बस्ने चलन रहे पनि समयक्रममा महिलाहरूले मात्र व्रत बस्ने परम्परा विकसित भएको उल्लेख गरे।

प्रधानमन्त्रीका अनुसार, हाम्रो संस्कृतिले तीजलाई आत्मिक शुद्धता र दाम्पत्य जीवनको सुदृढीकरणको पर्वका रूपमा लिएको छ, र पछिल्लो समय विज्ञानले पनि व्रतले स्वास्थ्यमा पार्ने फाइदाबारे चर्चा गर्न थालेको छ।

आज नेपाली हिन्दू महिलाहरूले देवाधिदेव महादेवको पूजाआराधना गरी हरितालिका तीज मनाउँदै छन्। यो पर्व प्रत्येक वर्ष भाद्र शुक्ल तृतीयाको दिन भगवान् शिवको पूजाआराधना गरी व्रत बस्ने र नाचगान गरेर मनाइन्छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ