यू-१७ महिला साफ च्याम्पियनशिपमा नेपाल बंगलादेशसँग खेल्दै
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ ८ आइतबार
605
Shares
काठमाडौं । भुटानमा जारी साफ यू-१७ महिला च्याम्पियनशिप अन्तर्गत नेपालले आज बंगलादेशसँग तेस्रो खेल खेल्ने भएको छ ।
खेल नेपाली समय अनुसार साँझ पौने ६ बजेबाट चाङ्लिमिथाङ रंगशालामा हुनेछ । नेपाल र बंगलादेश दुवैले अहिलेसम्म दुइ खेलबाट एक जित र एक हार प्राप्त गरेका छन् ।
नेपाल भारतसँग ७-० ले पराजित भए पनि भुटानलाई २-१ ले हराएको थियो भने बंगलादेशले भुटानलाई ३-१ ले हराएर भारतसँग २-० ले हार हारेको थियो ।
प्रतियोगितामा भारत ६ अंकसहित शीर्ष स्थानमा छ भने बंगलादेश र नेपालको समान ३ अंक भए पनि गोलअन्तरका आधारमा बंगलादेश दोस्रो र नेपाल तेस्रो स्थानमा छन् ।