'मेरो भ्वाइस युनिभर्स' र 'मेरो डान्स युनिभर्स' को उपाधि प्रथम र रिस्तालाई
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ ८ आइतबार
1.1k
Shares
पाटन (ललितपुर)। इन्ट्रा फाउन्डेसनद्वारा आयोजित 'मेरो भ्वाइस युनिभर्स सिजन-२' को उपाधि प्रथम गुरुङले जितेका छन् भने 'मेरो डान्स युनिभर्स सिजन-२' को उपाधि रिस्ता गुरुङले जितेकी छन्।
ललितपुरको सनराइज सम्मेलन केन्द्र गोदावरीमा भएको ग्रान्ड फिनालेमा उनीहरू दुवैलाई विजेता घोषणा गरिएको हो। विजेताहरूले जनही एक करोड रुपैयाँ नगद सहित २५ लाख रुपैयाँ बराबरको जीवन बीमा र हवाई टिकट लगायतका पुरस्कार प्राप्त गरेका छन्।
अन्य विजेताहरू:
मेरो डान्स युनिभर्स
फर्स्ट रनरअप: अमृता राई (२५ लाख नगद)
सेकेन्ड रनरअप: सीतु महर्जन (१० लाख नगद)
थर्ड रनरअप: सुरज सिंजाली मगर (६ लाख नगद)
फोर्थ रनरअप: सुशना कोइराला (५ लाख नगद)
फिफ्थ रनरअप: साजन पाख्रिन तामाङ (४ लाख नगद)
मेरो भ्वाइस युनिभर्स
फर्स्ट रनरअप: टोपराज तामाङ (२५ लाख नगद)
सेकेन्ड रनरअप: जुनु प्रसाईँ (१० लाख नगद)
थर्ड रनरअप: वाङ्गे गुरुङ (६ लाख नगद)
फोर्थ रनरअप: प्रशान्त पोखरेल (५ लाख नगद)
फिफ्थ रनरअप: दीपराज राई (४ लाख नगद
कल्चरल ग्रुप डान्स
विजेता: भुटनिज रेफुजी डान्स ग्रुप (२५ लाख नगद)
फर्स्ट रनरअप: मनास्लु वर्ड कलेज (१५ लाख नगद)
सेकेन्ड रनरअप: युमा महारानी नृत्य समूह (१० लाख नगद)
थर्ड रनरअप: नेपाल प्रहरी (५ लाख नगद)
फोर्थ रनरअप: तरेली सांस्कृतिक ग्रुप (३ लाख नगद)
विजेताहरूलाई सभामुख देवराज घिमिरे, गृहमन्त्री रमेश लेखक लगायतका उच्च पदस्थ अधिकारीहरूले पुरस्कार र ट्रफी प्रदान गरेका थिए।