काठमाडौँ। नेपाल साफ महिला यू–१७ च्याम्पियनशिपमा पहिलो जित हासिल गर्न सफल भएको छ । नेपाले भुटानविरुद्ध संघर्षपूर्ण जित हासिल गरेको हो ।
नेपालले पुनरागमन जित हात पारेको छ । शुक्रबार सम्पन्न खेलमा नेपालले २–१ को जित हात पारेको हो । पहिलो हाफमा नेपाल १–० ले पछि परेको थियो । तर ५८औं मिनेटमा साहरा लिम्बूले नेपाललाई खेलमा फर्काइन् ।
७७औं मिनेटमा साहाराले नै नेपाललाई २–१ को अग्रता दिलाइन् । योसँगै नेपालले पहिलो जित हात पार्यो। यसअघि पहिलो खेलमा नेपाल भारतसँग ७–० ले पराजित भएको थियो ।