arrow

इटहरीमा ‘बरबरिक–द पोएटिक फ्लेम’ 

logo
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ ५ बिहिबार
poetic-flame-82-5-5.jpg

इटहरी । इटहरीमा साहित्य र संस्कृतिको अद्वितीय संगम “बरबरिक – द पोएटिक फ्लेम” आयोजना हुने भएको छ । इटहरीस्थित सोल्टी वेस्टएन्ड होटलमा यही भदौ ७ गते शनिबार बरबरिक – द पोएटिक फ्लेम हुने भएको हो ।

कार्यक्रममा कवि तथा नाट्यकार भरत गुरागाईं “बरबरिक” का नाट्य प्रस्तुति, लाइभ संगीतका साथ कविताहरू प्रस्तुत हुने जनाइएको छ।

यो साँझ केवल मनोरञ्जन होइन, साहित्य र भावनाको माध्यमबाट समाजलाई सांस्कृतिक चेतनाले सबल बनाउनुका साथै यसले शब्द, संगीत र रंगमञ्चलाई एउटै मञ्चमा ल्याई दर्शकलाई अद्वितीय अनुभव दिनेछ भन्ने कुरा पूर्वेली मिडिया नेटवर्कले जनाएको छ। 

कार्यक्रमलाई रमपम स्टेन्ट नुडल्स, डिजिटल पेन्ट्स, इटहरी नमुना कलेज, बुद्ध एयर, आनन्दी ज्वेलरी लगायतका संघ–संस्थाहरूको प्रायोजन रहेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ