arrow

प्रतिनिधि सभा बैठक[लाइभ]

आज प्रधानमन्त्रीसँगको प्रश्नोत्तर स्थगित

logo
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ ४ बुधबार

काठमाडौँ। संघीय संसद प्रतिनिधि सभाको आजको बैठक शुरु भएको छ।

प्रतिनिधिसभामा आजका लागि तय भएको प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम स्थगित भएको छ।

कार्यव्यवस्था परामर्श समितिको बैठकमा नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्थाका कारण उनी उपस्थित हुन नसक्ने जानकारी दिएका थिए।

यसअघि, आजको संसद बैठकको कार्यसूचीमा प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम राखिएको थियो।

यसैगरी, बैठकमा महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साहले ‘बालबालिका सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८२’ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ