arrow

संघीय सरकारको कार्य

प्रधानमन्त्री र मन्त्रीहरूबीच कार्यसम्पादन सम्झौता [फोटोफिचर]

गत आवमा सरकारी खर्च १५ खर्ब आठ अर्ब, युगान्तकारी काम गर्न मन्त्रीहरूलाई प्रधानमन्त्रीको निर्देशन 

logo
हाम्रा कुरा
प्रकाशित २०८२ साउन ३० शुक्रबार
oli-82-4-29rr.jpg
तस्बिर – रासस र नेपाल फोटो लाइब्रेरी ।

काठमाडौँ ।  आर्थिक वर्ष २०८१/८२ मा सरकारको रु १५ खर्ब आठ अर्ब २३ अर्ब ११ करोड बराबर कुल खर्च भएको छ । आव २०८०/८१ मा कुल रु १४ खर्ब आठ अर्ब ७६ करोड बराबर खर्च भएको थियो । 

त्यसैगरी, चालुतर्फ ८५ दशमलव ९५ प्रतिशत अर्थात् रु नौ खर्ब ८० अर्ब ३८ करोड, पुँजीगततर्फ ६३ दशमलव दुई प्रतिशत अर्थात् रु दुई खर्ब २२ अर्ब ६८ करोड खर्च भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा मन्त्रालयगत वार्षिक प्रगति समीक्षा तथा कार्यसम्पादन सम्झौता आदानप्रदान समारोहमा गरिएको प्रस्तुतिअनुसार वित्तीय व्यवस्थातर्फ ८७ दशमलव ८७ अर्थात् रु तीन खर्ब २० अर्ब चार करोड बराबर खर्च भएको छ । विसं २०८१ को असार मसान्तको तुलनामा २०८२ असार मसान्तसम्म चालुतर्फ दुई दशमलव ९४ प्रतिशत बढी खर्च भएको हो । 

यस्तै, पुँजीगततर्फ २०८१ असार मसान्तको तुलनामा २०८२ असार मसान्तमा १६ दशमलव १५ प्रतिशत बढी खर्च भएको छ । आव २०८१/८२ मा वित्तीय व्यवस्थातर्फ ८७ दशमलव १४ प्रतिशत खर्च भएको छ ।  वार्षिक लक्ष्यको कुल ८१ दशमलव ८७ प्रतिशत खर्च भएको देखिएको छ । 

आव २०८१/८२ मा कर राजस्व वार्षिक लक्ष्यको ८१ दशमलव ७५ प्रतिशत र गैरकर राजस्व ९५ दशमलव ४५ प्रतिशत सङ्कलन भई कुल राजस्व सङ्कलन वार्षिक लक्ष्यको ८३ दशमलव शून्य छ प्रतिशत पुगेको छ ।

आव २०८०/८१ मा कुल राजस्व रु १० खर्ब ३० अर्ब ३४ करोड सङ्कलन भएकामा आव २०८१/८२ मा रु ११ खर्ब ७८ अर्ब ८२ करोड सङ्कलन भएको छ । अघिल्लो वर्षको तुलनामा १४ दशमलव ४१ प्रतिशत बढी हो ।
 
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले उपलब्ध गराएको विवरणअनुसार अघिल्लो वर्षको तुलनामा कर राजस्व १३ दशमलव २५ प्रतिशत र गैरकर राजस्व २८ दशमलव आठ प्रतिशतले वृद्धि भएको हो ।
 
आव २०८१/८२ मा कुल आयात रु १८ खर्ब चार अर्ब १२ करोड, निर्यात रु दुई खर्ब ७७ अर्ब तीन करोड बराबर भएको छ । कुल व्यापारघाटा रु १५ खर्ब २७ अर्ब नौ करोड बराबर भएको छ । अघिल्लो वर्षको तुलनामा आयात १३ दशमलव तीन प्रतिशत र निर्यात ८१ दशमलव आठ प्रतिशतले वृद्धि भएको छ ।

नयाँ र युगान्तकारी काम गर्न मन्त्रीहरुलाई प्रधानमन्त्रीको निर्देशन
प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ र युगान्तकारी (गेम चेन्जर) काम गर्न सबै मन्त्री र सचिवहरुलाई निर्देशन दिएका छन् । ओलीले उत्पादकत्व बढाउने र गरिबीको दुष्चक्रबाट मुलुकलाई बाहिर ल्याउने गरी तीव्रताका साथ काम गर्नुपर्नेमा जोड दिए । 

उनले आगामी मङ्सिरभित्र दैलेखको मिथेन ग्यासको परीक्षण उत्पादन गराउन, चीनमा निर्यात गर्नेगरी सबै किसानलाई व्यावसायिक भैँसीपालन गराउन, खेतीमा अग्र्यानिक अभियान सञ्चालन गर्न, सामाजिक सञ्जाललाई कानूनी दायरामा ल्याउन, ज्येष्ठ नागिरक संवाद भवन बनाउन, दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता समयमै आयोजना गर्न, कीर्तिपुर क्रिकेट रङ्गशाला छिटो निर्माण सक्न तथा भक्तपुरमा ठूलो रङ्गशाला निर्माणको तयारी गर्न सम्बन्धित मन्त्रीहरुलाई ध्यानाकर्षण गराए । 

प्रधानमन्त्री ओलीले अन्तरिक्षमा नेपालको आफ््नै अर्बिटलाई उपयोग गर्न, आफ्नै रेल र सेक्युरिटी प्रेस सञ्चालनमा ल्याउन आग्रह गर्दै रेल्वे विस्तार गर्न, सुनकोसी–मरिन, भेरी–बबई तथा काठमाडौँ-तराई मधेस दु्रत मार्गजस्ता आयोजनाको काम छिटो सक्न, योग–आरोग्यताको अभियान सञ्चालन गर्न र मापदण्डका आधारमा कर्मचारीको सरुवा गर्नसमेत मन्त्रीहरुलाई आग्रह गरे ।

“मेरा यी कुराहरु प्रतिनिधिमूलक मात्रै हुन्, एवं रितले सबै मन्त्रीहरुले आफ्नो मन्त्रालयमा के नयाँ र परिवर्तनकारी काम गर्न सकिन्छ योजना बनाउनुस्, आउने भदौको अन्तिमतिर फेरि बसेर त्यस्ता काम निर्धारण गरेर अगाडि बढौँ”, प्रधानमन्त्री ओलीले भने, “मौलिक ढङ्गले हामी अघि बढ्नुपर्छ । साँच्चै माइलस्टोन हुने खालका काम गरौँ ।”

कार्यक्रममा चालु आर्थिक वर्ष २०८२-८३ मा गरिने मुख्य काम र हासिल हुने उपलब्धिका विषयमा प्रधानमन्त्री र मन्त्रीहरुबीच कार्यसम्पादन सम्झौता भएको थियो । ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गर्न थालिएका पूर्वाधार निर्माण तथा सेवा प्रवाहमा सुधारका कार्यहरु तोकिएको समयमा सम्पन्न गर्न कार्यसम्पादन सम्झौताको अभ्यास प्रधानमन्त्री ओलीको विगतको कार्यकालमा आरम्भ गरिएको हो ।

karyapragati-ministries-82-4-29 (1).JPG
karyapragati-ministries-82-4-29 (2).JPG
karyapragati-ministries-82-4-29 (3).JPG
karyapragati-ministries-82-4-29 (4).JPG
karyapragati-ministries-82-4-29 (5).JPG
karyapragati-ministries-82-4-29 (6).JPG
karyapragati-ministries-82-4-29 (7).JPG
karyapragati-ministries-82-4-29 (8).JPG
karyapragati-ministries-82-4-29 (9).jpg
karyapragati-ministries-82-4-29 (10).jpg
karyapragati-ministries-82-4-29 (11).jpg
karyapragati-ministries-82-4-29 (12).jpg
karyapragati-ministries-82-4-29 (13).JPG
karyapragati-ministries-82-4-29 (14).JPG
karyapragati-ministries-82-4-29 (15).JPG
karyapragati-ministries-82-4-29 (16).JPG
karyapragati-ministries-82-4-29 (17).JPG
karyapragati-ministries-82-4-29 (18).JPG
karyapragati-ministries-82-4-29 (19).JPG
karyapragati-ministries-82-4-29 (20).JPG
karyapragati-ministries-82-4-29 (21).JPG
karyapragati-ministries-82-4-29 (22).JPG
karyapragati-ministries-82-4-29 (23).JPG
karyapragati-ministries-82-4-29 (24).JPG


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ