arrow

यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू [भिडियो]

सरकारद्वारा राष्ट्रिय एआई नीति २०८२ स्वीकृत, अन्य महत्वपूर्ण निर्णयहरू पनि सार्वजनिक

logo
हाम्रा कुरा
प्रकाशित २०८२ साउन २९ बिहिबार
subbas-ww.jpg

काठमाडौँ । सरकारले राष्ट्रिय आर्टिफिसियल इन्टेलिजेन्स (एआई) नीति, २०८२ लाई स्वीकृत गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले यो निर्णय गरेको हो।

सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले बिहीबार आयोजित पत्रकार सम्मेलनमा बैठकका निर्णयहरू सार्वजनिक गर्दै यो जानकारी दिएका हुन्। उनले अन्य महत्वपूर्ण निर्णयहरू पनि बताएका छन्।

मन्त्रिपरिषद्का मुख्य निर्णयहरू

  • राष्ट्रिय आर्टिफिसियल इन्टेलिजेन्स (एआई) नीति, २०८२ लाई स्वीकृत गरिएको छ।

  • सार्वजनिक पूर्वाधारको सञ्चालन तथा मर्मतका लागि सेवा प्रदायकमार्फत खरिद गर्न निर्देशिका, २०८२ स्वीकृत गरिएको छ।

  • दक्षिण कोरिया सरकारबाट गण्डकी प्राविधिक शिक्षालयको पूर्वाधार विकास का लागि प्राप्त हुने ९० लाख अमेरिकी डलर (करिब रु. १ अर्ब २५ करोड) अनुदान सहायता स्वीकार गरिएको छ।

  • आर्थिक वर्ष २०८२/८३ का लागि मोटा धानको न्यूनतम समर्थन मूल्य प्रति क्विन्टल रु. ३,४६३.८१ र मध्यम धानको रु. ३,६२८.३३ तोकिएको छ।

  • नागढुंगा सुरुङमार्गको उपभोग दस्तुर निर्धारण गरिएको छ। कार/भ्यानका लागि काठमाडौँ आउँदा रु. ६५ र जाँदा रु. ६०, मिनी बस/ट्रकका लागि आउँदा रु. ११५ र जाँदा रु. ८०, बस/ट्रकका लागि आउँदा रु. २६० र जाँदा रु. २००, तथा भारी उपकरणका लागि आउँदा रु. ६०० र जाँदा रु. २५० तोकिएको छ।

  • राष्ट्रिय समाचार समिति (रासस) को रिक्त महाप्रबन्धक पदमा सन्दीप राई लाई नियुक्त गरिएको छ।

  • विभिन्न मन्त्री, मुख्यमन्त्री र सरकारी अधिकारीहरूको विदेश भ्रमणलाई स्वीकृत गरिएको छ।

  • हिमाली गाउँपालिका, बाजुरा र राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय, तेह्रथुमलाई प्रशासकीय भवन र स्वास्थ्य सेवा केन्द्र निर्माणका लागि सरकारी जग्गा प्रयोग गर्न स्वीकृति दिइएको छ।

  • श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गत विभिन्न निकायका लागि अधिकृतस्तरका ७२५ अस्थायी दरबन्दी स्वीकृत गरिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ