रासायनिक मल अभावबारे छलफल गर्न प्रधानमन्त्री ओलीले बोलाए बैठक
हाम्रा कुरा
प्रकाशित २०८२ साउन २७ मंगलबार
685
Shares
काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले रासायनिक मलको सहज आपूर्ति र खेतीको अवस्थाबारे छलफल गर्न आज कृषि तथा पशुपन्छी विकास मन्त्रालयका पदाधिकारीहरूसँग बैठक बोलाएका छन्।
प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार, दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने बैठकमा कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारी, सचिव गोविन्दप्रसाद शर्मा र कृषि सामग्री कम्पनी लिमिटेडका पदाधिकारीहरू सहभागी हुनेछन्।
देशमा मलको मौज्दात रहे पनि किसानहरूले समयमा मल नपाएको गुनासो बढेपछि प्रधानमन्त्रीले यो समस्या समाधानका लागि चासो देखाएका हुन्। यसअघि पनि उनले मलको अभाव हुन नदिन, स्वदेशमा नै कारखाना स्थापना गर्न र प्राङ्गारिक मलको उत्पादन बढाउन निर्देशन दिएका थिए।