arrow

साथमा नौ वर्ष रहँदा दुई सन्तान भएपछि रोनाल्डोले रोड्रिग्जसँग गर्दै बिहे 

logo
हाम्रा कुरा
प्रकाशित २०८२ साउन २७ मंगलबार
ronaldo-jarjina-married.jpg

काठमाडौँ । पोर्चुगिच फुटबल स्टार क्रिस्टियानो रोनाल्डो र उनकी प्रेमिका जर्जिना रोड्रिग्ज विवाह बन्धनमा बाँधिने भएका छन् ।

३१ वर्षीया रोड्रिग्जले सोमबार इन्स्टाग्राममार्फत औपचारिक रूपमा आफ्नो इगेजमेन्टको घोषणा गरेकी हुन् । उनले आफ्नो औँलामा ठूलो औँठी लागेको फोटो पोस्ट गर्दै स्पेनी भाषामा ‘हो म सहमत छु। यो जीवनमा र मेरा सबै जीवनहरूमा पनि’ भन्ने क्याप्सन लेखेकी थिइन्।

४० वर्षीय रोनाल्डो र रोड्रिग्जका दुई छोरीहरू छन् । उनले रोनाल्डोका अन्य तीन सन्तानको पनि हेरचाह गर्दै आएकी छिन् । यस जोडीले सन् २०२२ मा जन्मेका जुम्ल्याहा सन्तानमध्ये एक छोरा गुमाएको थियो । 

रोनाल्डो र रोड्रिग्जको भेट सन् २०१६ मा भएको थियो । त्यतिखेर रोड्रिग्ज मड्रिडस्थित गुच्ची स्टोरमा काम गर्थिन् ।

स्पेनिश क्लब रियल मड्रिड र इङ्गलिश क्लब म्यानचेस्टर युनाइटेडका पूर्वस्टार रोनाल्डो हाल साउदी अरेबियाको अल–नासर क्लबबाट व्यावसायिक फुटबल खेलिरहेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ