arrow

निजामती कर्मचारी युनियन कास्कीमा सापकोटा

logo
हाम्रा कुरा
प्रकाशित २०८२ साउन २४ शनिबार
nijamati-karmachari-union-kaski.jpg

पोखरा । नेपाली कांग्रेस निकट नेपाल निजामती कर्मचारी युनियन कास्कीकाे अध्यक्षमा केदार सापकोटा विजयी भएका छन् ।

युनियनको नवौँ जिल्ला अधिवेशनमार्फत नयाँ नेतृत्व चयनका लागि शुक्रबार राति मतदान भएको थियो । 

युनियनमा कूल छ सय ५५ जना मतदाता रहेकामा पाँच सय सात जनाले मतदान गरेका थिए । 

जसमा सापकोटाले प्रतिस्पर्धी विनोद रेग्मीलाई एक सय ६३ मतान्तरले पराजित गरेका हुन् । सापकोटाले तीन सय २५ र रेग्मीले एक सय ६२ मत पाएको निर्वाचन समिति संयोजक शालिग्राम भट्टराईले जानकारी दिए ।

यस्तै, उपाध्यक्षमा सुमन शर्मा दुई सय ८२ मतका साथ निर्वाचित हुँदा प्रतिस्पर्धी पुरुषोत्तम पौडेलले एक सय ८९ मत प्राप्त गरे । 

कार्यसमितिका अन्य सबै पद निर्विरोध भएको थियो । जसअनुसार महिला उपाध्यक्षमा रञ्जना पोख्रेल, समावेशी उपाध्यक्षमा नरबहादुर सारु, सचिवमा राजेन्द्र शर्मा, सहसचिवमा मञ्जु सुवेदी र कोषाध्यक्षमा दीपक शर्मा पराजुली निर्विरोध निर्वाचित भए । 

यस्तै कार्यसमिति सदस्यमा नारायणराज पौडेल, धनराज पराजुली, डालाराम बसौला, मोहनप्रसाद पौडेल, राजन ढकाल, शारदा सुवेदी, गङ्गा अधिकारी निर्वाचित भए । 

प्रदेश र केन्द्रीय प्रतिनिधिमा को-को ?

प्रदेश प्रतिनिधिमा सुदिप रेग्मी सर्वाधिक तीन सय ६६, दिनेश चापागाईँ दुई सय ८६, चेतराज आचार्य दुई सय ५७, झलकराज पौडेल दुई सय ४१, काशीराम पौडेल दुई सय ३९ मत प्राप्त गरी विजयी भए । विषनबहादुर थापा र मीनाकुमारी श्रेष्ठ निर्विरोध भएका हुन् । 

यस्तै, केन्द्रीय प्रतिनिधिमा सूर्यप्रसाद तिवारी तीन सय छ, डिल्लीराज सुवेदी दुई सय ९४, प्रमोद अर्याल दुई सय ८०, डिल्लीराम रेग्मी दुई सय ६२, महेन्द्र गुरुङ दुई सय ११ मत प्राप्त गरी विजयी हुँदा सीता बराल ढुङ्गाना र अर्जुन गुरुङ निर्विरोध निर्वाचित भए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ