एएफसी यू-२० महिला एसियन कपमा नेपाल भुटानसँग बराबरीमा राेकियाे
हाम्रा कुरा
प्रकाशित २०८२ साउन २२ बिहिबार
565
Shares
काठमाडाैँ । एएफसी यू-२० महिला एसियन कप छनोट अन्तर्गतको पहिलो खेलमा नेपाल भुटानसँग बराबरीमा रोकिएको छ ।
बुधबार भुटानमा सम्पन्न खेलमा नेपाल र भुटान १-१ गोलको बराबरीमा रोकिएका हुन् ।
दुवै गोल खेलको पहिलो हाफमा भएका थिए ।
नेपालले खेलको १०औं मिनेटमा सेनु परियारको गोलमा अग्रता लिएपनि भुटानले १८औं मिनेटमा गोल गर्दै बराबरी गरेको थियो ।
अब नेपालले अर्को खेल शुक्रबार साउदी अरेबियासँग खेल्ने तालिका छ भने भुटानले पनि शुक्रबार उत्तर कोरियासँग खेल्ने तालिका छ ।
त्यस्तै नेपाल रहेको समूह ए अन्तर्गतकै आज सम्पन्न पहिलो खेलमा उत्तर कोरियाले साउदी अरेबियालाई १५-० ले पराजित गरेको थियो ।
आठ समुहको शिर्ष स्थानमा रहने देश एएफसी यू-२० महिला एसियन कपका लागि छनौट हुने छन भने हरेक समूहको दोस्रो स्थानमा रहेका शीर्ष तीन देश पनि एशिया कपका लागि छनौट हुने छन् ।
१२ देशले भाग लिने एएफसी यू-२० महिला एसियन कपमा आयोजकको रुपमा थाइल्याण्ड छनोट भएको छ ।