यी हुन् साउन १८ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरु [भिडियो]
सरकारले चुलु सुदूरपूर्व चुली हिमाल आरोहणका लागि खुला गर्यो
हाम्रा कुरा
प्रकाशित २०८२ साउन २० मंगलबार
601
Shares
काठमाडौँ। सरकारले चुलु सुदूरपूर्व चुली हिमाललाई आरोहणका लागि खुला गर्ने निर्णय गरेको छ। साउन १८ गते बसेको मन्त्रिपरिषद्को बैठकले यो निर्णय गरेको हो। सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले बैठकका निर्णय सुनाउँदै यो जानकारी दिएका हुन्।
चुलु सुदूरपूर्व चुली हिमाल लाई आरोहणका लागि खुला गर्ने निर्णय भएको छ र यो सूचना नेपाल राजपत्रमा प्रकाशित गरिनेछ।
बालविवाह अन्त्यका लागि राष्ट्रिय रणनीति तथा कार्यान्वयन कार्ययोजना, २०८२ लाई स्वीकृत गरिएको छ।
राष्ट्रिय श्रम आप्रवासन नीति, २०८२ पनि स्वीकृत भएको छ।
प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (पाँचौँ संशोधन) नियमावली, २०८२ स्वीकृत गरिएको छ।
आवश्यक सेवा सञ्चालन ऐन, २०१४ अनुसार आवश्यक सेवामा हडताल गर्न निषेध गर्ने आदेश जारी गरिएको छ।
अरुण-३ जलविद्युत परियोजनाको विकासका लागि प्रोजेक्ट रिभ्यु प्यानल (पीआरपी) गठन गरिने भएको छ।
एमसीसी फण्डिङबाट आर्जित आयमा आर्थिक वर्ष २०८२/८३ का लागि आयकर छुट दिने निर्णय गरिएको छ।
युनाइटेड मेवा खोला हाइड्रोपावर र जलशक्ति हाइड्रो कम्पनीलाई जलविद्युत आयोजना निर्माणका लागि राष्ट्रिय वनको जग्गा प्रयोग गर्न स्वीकृति दिइएको छ।
युवा तथा साना व्यवसायी स्वरोजगार कोषको उपाध्यक्षमा अनिलराज पौडेल नियुक्त भएका छन्।
काठमाडौंको चन्द्रागिरि नगरपालिकाका दुई वडा कार्यालय निर्माणका लागि नेपाल सरकारको नाममा रहेको जग्गा उपयोग गर्न स्वीकृति दिइएको छ।
बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरूपण तथा मेलमिलाप आयोगका अध्यक्ष र सदस्यहरूको सेवाको शर्त र सुविधा तोकिएको छ।
सहसचिवहरू निर्मला अधिकारी भट्टराई र इन्दिरा दहाल भट्टराईलाई न्याय सेवाको सचिव पदमा बढुवा गरिएको छ।
युनाइटेड नेसन्स अफिस फर प्रोजेक्ट सर्भिस को कार्यालय नेपालमा स्थापना गर्न र सञ्चालन गर्न स्वीकृति दिइएको छ।