काठमाडौँ । नेपाल औषधि उत्पादक संघ (एपोन) को अध्यक्षमा विप्लव अधिकारी सर्वसम्मत निर्वाचित भएका छन् । काठमाडौँमा जारी एपोनको वार्षिक साधारण सभाले अधिकारीलाई सर्वसम्मत अध्यक्षमा निर्वाचित गरेको हो ।
नयाँ कार्यसमितिका लागि अध्यक्ष पदमा अधिकारी र दीपकप्रसाद दाहालको उम्मेदवारी परेको थियो । दाहालले उम्मेदवारी फिर्ता लिने निर्णय गरेपछि अधिकारी सर्वसम्मत निर्वाचित भएका हुन्।
१३ सदस्यीय कार्यसमितिमा सदस्यहरुमा पनि सहमतिको प्रयास भइरहेको जनाइएको छ । अधिकारीले आफू सर्वसम्मत भएसँगै आफ्नो टिमलाई नै निर्विरोध गर्ने प्रयास थालेका हुन् ।
सदस्य पदका लागि प्रभात रुङ्गटा, दीपककुमार टिवडेवाला, पंकजकुमार तिवारी, शरदचन्द्र ओझा, ईश्वरकुमार भण्डारी, सुमितचन्द्र श्रेष्ठ, गिरीराज पाठक, गणेश पौडेल, नवराज पौडेल, शैलेश वैद्य, सजलराज रेग्मी, सुदर्शन खेगुली, पृथ्वी राज भण्डारी, सन्तोष बराल, दिनेश ठाकुर र पवन दाहालले उम्मेदवारी दिएका छन् ।