arrow

पहिरोको जोखिममा भोजपुरको पाँचधारे बजार

logo
हाम्रा कुरा
प्रकाशित २०८२ साउन १८ आइतबार
pachdare-bazar.jpg

भोजपुर । भोजपुरको टेम्केमैयुङ गाउँपालिका-९, लेखर्कमा रहेको पाँचधारे बजार पहिरोको उच्च जोखिममा परेको छ। बस्तीको माथिल्लो डाँडामा जमिन चर्किएर पहिरो जान थालेपछि बजारका घरहरू खतरामा परेका हुन्।

टेम्केमैयुङ-९ का वडाध्यक्ष नभराज माङ्गपाहाङ्गका अनुसार, बजारको माथिल्लो भागमा रहेको डाँडामा ढुङ्गा उत्खनन गरिएकाले जमिन चर्किएको हो। यसले गर्दा पहिरोको जोखिम बढेको उनको भनाइ छ। अहिले सामान्य पहिरो चलिरहेको र ठूलो वर्षा भएमा बस्तीमा ठूलो क्षति हुन सक्ने उनले बताए।

वडाध्यक्ष माङ्गपाहाङ्गका अनुसार, बजार क्षेत्रका आठवटा घर पहिरोको प्रत्यक्ष जोखिममा छन्। उनले यो विपद् र क्षतिको बारेमा प्रहरी मुचुल्कासहित सम्बन्धित निकायमा जानकारी गराए पनि कुनै सुनुवाइ नभएको बताएका छन्। समयमै रोकथामका उपाय नअपनाएमा ठूलो क्षति हुन सक्ने जोखिम रहेको उनले औंल्याए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ