arrow

कोशी प्रदेशको नाम संशोधन

logo
हाम्रा कुरा
प्रकाशित २०८२ साउन १७ शनिबार
koshi-pradesh-sabha-2080-03-21.jpg
तस्बिर – फाइल ।

मोरङ । कोशी प्रदेश सरकारको मन्त्रिपरिषद्को बैठकले प्रदेशको नाम ‘कोशी प्रदेश सरकार विराटनगर, नेपाल’ हुने गरी संशोधन गर्ने निर्णय गरेको छ ।

प्रदेश सरकारको शुक्रबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले विगतमा रहेको ‘कोशी प्रदेश विराटनगर, नेपाल’लाई परिवर्तन गरी प्रदेशसभाले पास गरेको ऐनअनुसार नाम संशोधन गरी प्रदेश सरकारका सम्पूर्ण कार्यालयका ‘लेटरहेड’ र ‘साइनबेर्ड’मा सोहीअनुसार परिवर्तन गर्ने निर्णय गरिएको सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानूनमन्त्री रेवतीरमण भण्डारीले जानकारी दिए । 

त्यसैगरी कोशी प्रदेश सरकारको तथ्याङ्कसम्बन्धी कार्यालयलाई व्यवस्थित गर्न ब्नेको विधेयक प्रदेशसभामा पेस गर्ने निर्णय गरेको छ । प्रदेश स्वास्थ्य नीति–२०८२ लाई स्वीकृत गर्ने निर्णय गरेको छ ।

चालु आर्थिक वर्ष २०८२र८३ का लागि कोशी प्रदेश सरकारका विभिन्न मन्त्रालय, विभाग, निकाय र कार्यालयहरूमा कर्मचारीको अस्थायी दरब्न्दीलाई स्वीकृत गर्ने निर्णय गरेको मन्त्री भण्डारीले बताए । 

कोशी प्रदेशमा सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक–२०८२ लाई प्रदेशसभामा विधेयकका रूपमा पेस गर्ने निर्णय गरिएको छ ।

कोशी प्रदेशमा रहेका शैक्षिक परामर्श तथा भाषा शिक्षण कक्षा सञ्चालनसम्बन्धी विकेयकलाई कानुन, न्याय तथा प्रदेश मामिला समितिमा पठाउने निर्णय गरिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ