बागमतीका प्रदेश प्रमुख अस्वस्थ, नवनियुक्त मन्त्रीहरूको शपथ कार्यक्रम स्थगित
हाम्रा कुरा
प्रकाशित २०८२ साउन १५ बिहिबार
642
Shares
बागमती। बागमती प्रदेशका प्रमुख दीपकप्रसाद देवकोटा अचानक अस्वस्थ भएपछि आज अपराह्नका लागि निर्धारित नवनियुक्त मन्त्रीहरूको शपथ कार्यक्रम स्थगित भएको छ।
प्रदेश प्रमुखको कार्यालयका अनुसार, प्रमुख देवकोटा आज बिहान उपचारका लागि काठमाडौँ प्रस्थान गरेका छन्। अर्को सूचना प्रकाशित नभएसम्मका लागि शपथको कार्यक्रम स्थगित गरिएको कार्यालयले जनाएको छ।
मुख्यमन्त्री बहादुरसिंह लामाले बुधबार प्रदेशसभा सदस्यहरू गोविन्द लम्साललाई आन्तरिक मामिला तथा कानुनमन्त्री, माया श्रेष्ठलाई युवा तथा खेलकुदमन्त्री र गीता गुरुङलाई सहकारी तथा गरिबी निवारणमन्त्रीमा नियुक्त गरी शपथका लागि प्रदेश प्रमुखसमक्ष सिफारिस गरेका थिए।