त्रिशूली (नुवाकोट) । आज बिहान ३:०० बजेदेखि भोटेकोसीमा भीषण बाढी आएको छ, जसका कारण त्रिशूली नदीको जलसतह ह्वात्तै बढेको छ। रसुवा र नुवाकोटका स्थानीय प्रशासनले नदी तटीय क्षेत्रका सर्वसाधारणलाई सतर्क रहन अनुरोध गरेका छन्।
नुवाकोटका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद हुमागाईका अनुसार, बाढीले जिल्लाको पैरेबेँसी, वेत्रावती, त्रिशूली, देवीघाटलगायतका स्थानमा कटान गरेको छ।
बाढी बस्तीतर्फ पनि पस्न सक्ने भएकाले प्रशासनले सुरक्षित रहन आग्रह गरेको छ। नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका जवानहरूले 'माइकिङ' गरेर नदी आसपासका घरपरिवारलाई सुरक्षित स्थानमा बस्न अनुरोध गरिरहेका छन्।
बाढीले नुवाकोटको किस्पाङ गाउँपालिका–५ स्थित ‘त्रिशूली–काठमाडौँ प्रसारण लाइन’ को स्टेशनमा पनि क्षति पुर्याएको छ।