arrow

बेसीशहर-चामे सडक १३ घण्टापछि सुचारु

logo
हाम्रा कुरा
प्रकाशित २०८२ साउन १३ मंगलबार
lamjung-pahiro-hawadanda.jpg

लमजुङ । पहिरोका कारण अवरुद्ध बेसीशहर-चामे सडक पूर्णरुपमा सुचारु भएको छ । 

सोमबार राति लमजुङ जिल्लाको मर्स्याङ्दी गाउँपालिका वडा नं ४ हावाडाँडास्थित सडकमा पहिरो खसेर पूर्णरुपमा अवरुद्ध भएको थियो ।

प्रहरी र सरोकारवाला निकायको करिब पाँच घण्टाको प्रयासमा पहिरो पन्छाइएर आज दिउँसो १ बजेदेखि सडक सुचारु गरिएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ । 

वर्षा निरन्तर भइरहेकाले सडकको अवस्था बुझेर मात्रै उक्त सडक प्रयोगका लागि प्रहरीले आग्रह गरेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ