arrow

सुख्खा र खडेरीको चपेटामा मधेस (तस्बिर)

logo
प्रकाशचन्द्र तिमिल्सेना,
प्रकाशित २०८२ साउन ९ शुक्रबार
rice-paddy-madhesh-pradesh-no-rain.jpg
तस्बिर : नेपाल फोटो लाइब्रेरी

जनकपुर। देशभर मनसुनी प्रणाली सक्रिय भएको लगभग दुई महिना जस्तो भए पनि मधेस प्रदेशका आठ जिल्लाहरूमा वर्षा हुन सकेको छैन। समयमै वर्षा नभएपछि यहाँका किसानहरूले चरम खडेरी र सुख्खा झेल्नु परेको छ। धान रोपाइँका लागि वर्षाको पानीको भर पर्नु पर्ने यहाँका किसानहरूले पानीको अभावका कारण श्रावणको पहिले हप्तासम्म पनि रोपाइँ गर्न पाएका छैनन्।

सुख्खा र खडेरीका कारण असार २६ गते मधेस प्रदेश सरकारले मदेसका आठ जिल्लालाई सुख्खा ग्रस्त क्षेत्र घोषणा गरेको थियो भने श्रावण ७ गते बसेको नेपाल सरकारको मन्त्री परिषद् बैठकले पनि मधेस प्रदेशलाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको छ।

मधेस प्रदेशका विभिन्न जिल्लाहरूमा पानीको अभावका कारण समयमै रोपाइँ हुन सकेका छैनन् भने रोपाइँ गरी सकेका खेतहरू पनि धाँजा फाट्ने, धानका बीउ सुक्ने जस्ता समस्या किसानहरूले झेली रहनु परेको छ।

त्यसो त हरेक वर्ष मल खादको अभाव झेल्नु परेको मदेसका किसानहरूले यो वर्ष भने सुख्खा र खडेरीका सामना गर्नु परेको छ। लक्ष्मीनीयाँ गाउँपालिका सोहनीसिनुरजोडा धनुषाका किसान बहादुर कवाडीका अनुसार पहिलेको वर्ष यो समयसम्म धान रोपाई सकिसक्ने गरेकोमा यो पाली वर्षा भएन, नहरमा पानी आउँदैन त्यस कारण धानको बीउ पनि सुकी सक्यो।

पम्प मोटर हुनेहरूले रोपाइँ गरे पनि धेरै गर्मीका कारण पम्प मोटरले खेतमा पानी हाल्दा पनि छिट्टै सुक्ने उनले बताए। स्थानीय सरकार र प्रदेश सरकारले यहाँका किसान र कृषिका लागि खाँदै ध्यान नदिएको उनको गुनासो छ।

सोही गाउँका अर्का किसान विन्देश्वर रविदासले आफ्नो खेतमा भएको सुकेको पम्प देखाउँदै भने यो पम्प सुक्यो पानी परेको छैन त्यसैले खेती समयमै गर्न पाइएन।

सो क्षेत्रमा सिँचाइका लागि कमला सिँचाइ आयोजना रहे पनि त्यो त्यति प्रभावकारी भने देखिएको छैन। सिँचाइ आयोजनाबाट धनुषा र सिराहाका २५ हजार हेक्टर कृषियोग्य जमिनमा सतह सिँचाइ (नहरमार्फत) सुविधा सहित त्यहाँका ४० हजार घरपरिवार लाभान्वित भने उद्देश्य रहे पनि अहिले यो आयोजनाका अधिकांश पम्प सञ्चालनमा छैनन्।

लोहारपट्टी नगरपालिका महोत्तरीका किसान श्रावण कुमार चौरासिया सुख्खा खेतमा रोपाइँ गर्दै मल पनि नपाउने, पम्पसेट पनि वितरण नगरिएको उनको गुनासो छ। नगरपालिका पम्पसेट वितरण गर्दा पनि आफूले नपाएको पैसा र पहुँच हुनेले मात्र पाउने उनले सुनाए। 

Madhesh Pradesh_ (3).jpg
Madhesh Pradesh_ (4).jpg
Madhesh Pradesh_ (5).jpg
Madhesh Pradesh_ (6).jpg
Madhesh Pradesh_ (7).jpg
Madhesh Pradesh_ (9).jpg
Madhesh Pradesh_ (10).jpg
Madhesh Pradesh_ (11).jpg
Madhesh Pradesh_ (13).jpg
Madhesh Pradesh_ (14).jpg
Madhesh Pradesh_ (16).jpg
Madhesh Pradesh_ (17).jpg
Madhesh Pradesh_ (19).jpg
Madhesh Pradesh_ (20).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ