arrow

श्रीविष्णुकाे प्रिय दिनमा राशिफल

logo
हाम्रा कुरा
प्रकाशित २०८२ साउन ८ बिहिबार
rashifal-horoscope-4.jpg

सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामयाः ।
सर्वे भद्राणि पश्यन्तु मा कश्चिद् दुःख भाग्भवेतः ।।
ॐ शान्तिः शान्तिः शान्तिः ।।

आजको पञ्चाङ्ग

मिति २०८२ साउन ८ गते बिहीबार, इस्वीसंवत जुलाइ २४ तारिक सन् २०२५, श्रीशाके १९४७, नेपाल संवत् ११४५, सिद्धार्थीनामको संवत्सरः, सूर्य पृथ्वीको दक्षिणी गोलार्द्धमा छन् । वर्षा ऋतु चलिरहेको छ । चान्द्रमान अनुसार श्रावणकृष्णपक्ष चलिरहेको छ । सौरमान अनुसार आज श्रावणकृष्णपक्षको अमावश्य तिथि रातिमा १२ः५३ बजेसम्म त्यसपछि प्रतिपदा तिथि लाग्नेछ । नक्षत्रमा पुनवर्सु साँझमा ५ः४३ बजेसम्म त्यसपछि तिष्य नक्षत्र लाग्नेछ । विष्कुम्भादि योगमा हर्षण १५ घटि १८ पलासम्म त्यसपछि वरियान योग रहनेछ । करणमा चतुष्पद रहनेछ । आनन्दादि योगमा सिद्धि रहनेछ ।

सूर्य कर्कट राशिमा, चन्द्रमा मिथुन राशिमा रहनेछ । आज दिनमान ३३ घटि ५१ पला अर्थात १३ घण्टा ३५ मिनेटको रहनेछ । आज सूर्योदय काठमाडौं केन्द्र विन्दुमा रही बिहानमा ५ः२३ बजे रावण मुहूर्तमा भइसकेको छ भने सूर्यास्त साँझमा ठीक ६ः५६ बजे हुनेछ । यस्तै, चन्द्रमा उदाउने समय बिहानमा ४ः२७ बजे र अस्ताउने समय साँझमा ६ः५४ बजे रहेको छ । 

आजको राशिफल

मेषः आज सामाजिक र धार्मिक काममा तपाईलाई मानसम्मान मिल्नेछ । स्वास्थ्यमा सुधार हुनेछ, आफूभन्दा उच्च ब्यक्तिबाट प्राप्त हुने सम्मानले तपाईको मनमा हर्ष छाउने छ । नयाँ काम गर्न मन लाग्नेछ । आजको दिन अध्ययन, अनुसन्धानको काममा ध्यान दिनुहोला । दिनमा १ बजेपछि स्वास्थ्यमा एक्कासी समस्या देखिने र टाढाको यात्रामा तनाव हुने देखिन्छ ।

वृषः आज आकस्मिक धनलाभ हुनेछ । व्यापार ब्यवसायबाट नसोचेको आर्थिक लाभ प्राप्त हुनेछ । शत्रुमाथि विजय प्राप्त हुनेछ । दाम्पत्य जीवनमा सुख प्राप्त हुनाका साथै यात्राको अवसर प्राप्त हुनेछ । मनमा सकारात्मक सोच र खुसी हुने खबरले उत्साह थपिने छ । कसैसँग पनि आग्रह पूर्वाग्रह नराखी काम गनुहोला । दक्षिणतर्फको यात्राले तपाईंलाई खर्चमात्रै गराउने ज्योतिष वैज्ञानिक दृष्टिकोणमा देखिन्छ ।

मिथुनः आजको दिन मध्यम खालको रहनेछ । आज धनलाभ र नयाँ नयाँ खबरले तपाईको मनमा खुसियाली छाउने छ । तर आर्थिक कुराले नै घर परिवार र आफन्तसँग केही विषयमा विवाद हुनसक्छ । त्यसैले आजको दिन कम बोल्ने र अर्काका कुरा सुन्ने गर्दा राम्रो हुनेछ । राम्रो काम गर्न खोज्दा पनि अनावश्यक आरोप लाग्न सक्छ । सत्कार्यका लागि तपाईले गरेको कामअनुसारको फल प्राप्त हुनेछ । आज दक्षिणतर्फ यात्रा गर्दै हुनुहुन्छ भने झमेलामा परिनेछ । 

कर्कटः आजको दिन यात्रा गर्न लाग्नु भएको छ भने यात्राबाट फाइदा पुग्नेछ । चन्द्रमाको साथ भएकाले आजको दिन तपाईको सोचअनुसारको काम गर्दा तपाईलाई फाइदा हुन्छ । व्यापार ब्यवसायमा नयाँ लगानी गर्न पनि सकिन्छ । अध्ययन अध्यापनमा लागेका कर्कट राशिका जातकका लागि नयाँ अवसर प्राप्त हुनेछ । दिनमा ३ः३० पछि यात्रामा निकै चनाखो हुन आवश्यक छ । यात्राका क्रममा कसैले खानेकुरा दिएमा नखानुहोला । 

सिंहः आज बिहान भगवान श्रीरामको दर्शन गर्नुहोला । नत्र तपाईलाई अनावश्यक विवाद हुन सक्छ । आजको दिन भुलेर पनि कसैसँग विवाद नगर्नुहोला । पारिवारिक समस्याका कारण मनमा अनेक समस्या उत्पन्न हुन सक्छ । त्यसैले आजको दिन मौन रहेर आफ्नो नियमित कार्य गर्नुहोला । अध्ययनमा रुचि छ भने नयाँ पुस्तक अध्ययनको थालनी तपाईको लागि शुभ हुन सक्छ ।

कन्याः आज टाढाको यात्रा गर्नुपर्ने हुनसक्छ । नयाँ मित्रमण्डलीसँगको भेटले कार्यगत उत्साह थपिने छ । आफन्त र मित्रजनबाट साथ र सहयोगको प्रस्ताव आउन सक्छ । आजको दिन नयाँ बस्त्र खरिद गरेर लगाउन राम्रो हुनेछ । स्त्रीजातिको साथ र सहयोग लिएर कुनै काम गर्नु थाल्नुभएको छ भने सोचअनुसारको प्रतिफल प्राप्त हुनेछ । आज दक्षिणतर्फ यात्रा गर्दै हुनुहुन्छ भने विशेष सतर्क हुनुहोला । 

तुलाः आज मानसिक असन्तोष र तपाईंले सोच अनुसारको काम नहुँदा चिन्ता थप हुन सक्छ । त्यसैले मनमा सकारात्मक सोच राखेर काम गर्न आवश्यक छ । व्यापार ब्यबसायमा हुनुहुन्छ भने आजको दिन तपाईलाई फाइदा हुन्छ । धैर्यको आवश्यकता हुन्छ । सकारात्मक सोच राखेर अघि बढ्नु होला । चन्द्रमाको साथ रहेको छ  विहान श्रीराम भगवानको दर्शन गर्नुहोला ।

वृश्चिकः आजको दिन बिहान सूर्योदयको दर्शन गरेर दिनको शुरुवात गर्नुहोला । मनमा प्रशन्नता र उत्साह बढ्ने छ । तपाईले कुनै नयाँ कामको शुरुवातसमेत गर्न सक्नुहुनेछ । आज शुरुवात गरेको कामबाट सफलता प्राप्त हुनेछ । दिनमा १ बजेपछि तपाईमाथि अनावश्यक आरोप लाग्न सक्छ । त्यसैले आफ्नो नियमित काम गर्दा होशियारी, धैर्य आवश्यक छ ।

धनुः आज परिवार तथा आफन्तजनको साथ सहयोगले तपाईको कार्य प्रगति हुनेछ । आफ्नो स्वास्थ्यमा ध्यान दिनुहोला । आजको दिन ब्यर्थमा समय खर्च र अनावश्यक आर्थिक भार थपिने छ । आजको दिन मित्रबाट असहयोग हुन सक्नेछ । तपाईँलाई कसैको साथ सहयोग नहुँदा पनि तपाईको मनमा उर्जा प्राप्त गर्नका लागि देवालय र शिवालयको दर्शन गर्नु होला ।

मकरः आजको दिन तपाईल सोचेअनुसारको काम हुने भएकाले नयाँ काम गर्न सक्नुहनेछ । आफूले गरिरहेको कामबाट मान सम्मान प्राप्त हुन सक्छ । आफ्नो कर्मयात्रामा हिँडिरहेकाहरुलाई नसोचेको सम्मान मिल्न सक्छ । धेरै खुसी र दुःखी नभइकन आफ्नो काम गरिरहनु होला । मनमा निकै हर्ष छाइरहने छ । विहान सूर्यनारायणलाई जल दिएर दर्शन गर्नुभयो भने दिन सफल हुनेछ ।

कुम्भः आज मनमा अति प्रशन्नता छाउने छ । सोचअनुसारको काम र शत्रुमाथि विजय प्राप्ति हुनेछ । ब्यापार ब्यवसायबाट प्राप्तबाट धनलाई सामाजिक सेवामा खर्च गर्नुभयो भने मानसम्मान मिल्नेछ । सामाजिक काममा मन जानेछ । तपाईंले गरेको कार्यको परिवारका सदस्य समेत खुसी हुनेछन् । आज श्रीराम भगवानको दर्शन गर्नुभएमा तपाईंको मनमा निकै उत्साह छाउनेछ, परिवारमा पनि शान्ति हुनेछ । 

मीनः आज बिहान सूर्योदयको दर्शन गरेर नजिक वा देवालयको दर्शन गर्नु उत्तम छ । अध्ययन अध्यापनको क्षेत्रका कार्य गर्ने व्यक्तिले आजको दिन बिहान सूर्यस्तोत्र पाठ र श्रीराम भगवानको प्रार्थना गर्दा सकारात्मक सोच बढ्नेछ । तपाईंले गर्न खोजेको काममा पनि सफलता मिल्नेछ । यात्रा र धार्मिक कार्यमा लाग्नु भयो भने मनमा उत्साह भरिने छ । परिवारको सहयोगले तपाईंको उच्च प्रगति हुने देखिन्छ ।

साहित (यात्रा): सूर्य कर्कट राशिमा, चन्द्रमा मिथुन राशिमा रहनेछ । त्यसैले पश्चिमबाहेक अन्य दिशाको यात्रा नगर्नुहोला । आज बिहीबार परेकाले दक्षिणतर्फको यात्रा गर्दै नगर्नुहोला । आज दक्षिण, उत्तर र पूर्वतर्फको यात्रा बाध्यताबश गर्नैपरेको छ भने धार्मिक उपाय अपनाएर शुभ बेलामा गर्दा राम्रो हुनेछ ।

शुभ लाभादि बेला (दिवा)

बिहान ५ः१९ बजेदेखि ७ः०२ बजेसम्म शुभ बेला
बिहान ७ः०२ बजेदेखि ८ः४४ बजेसम्म रोग बेला
बिहान ८ः४४ बजेदेखि १०ः२७ बजेसम्म उद्धेग बेला
बिहान १०ः२७ बजेदेखि १२ः१० बजेसम्म चर बेला
दिनमा १२ः१० बजेदेखि १ः५२ बजेसम्म लाभ बेला
दिनमा १ः५२ बजेदेखि ३ः३५ बजेसम्म अमृत बेला
दिनमा ३ः३५ बजेदेखि ५ः१७ बजेसम्म  काल बेला
दिनमा ५ः१७ बजेदेखि ७ः०० बजेसम्म शुभ बेला

शुभ लाभादि बेला (रात्रि)

साँझ ७ः०० बजेदेखि ८ः१७ बजेसम्म रोग बेला
साँझ ८ः१७ बजेदेखि ९ः३५ बजेसम्म उद्धेग बेला
राति ९ः३५ बजेदेखि १०ः५२ बजेसम्म चर बेला
राति १०ः५२ बजेदेखि १२ः१० बजेसम्म लाभ बेला
राति १२ः१० बजेदेखि १ः२७ बजेसम्म अमृत बेला
राति १ः२७ बजेदेखि २ः४५ बजेसम्म काल बेला
रातिमा २ः४५ बजेदेखि ४ः०२ बजेसम्म शुभ बेला
रातिमा ४ः०२ बजेदेखि ०५ः२० बजेसम्म रोग बेला
यसमा चर भन्दा शुभ, शुभ भन्दा लाभ राम्रो, लाभ भन्दा अमृत सबैभन्दा राम्रो मानिन्छ । त्यसैले जे काम गर्दा पनि शुभ, लाभ र अमृत बेला पार्नुहोला ।

राहुकाल समयः दिनमा १ः३० देखि ३ः०० बजेसम्म राहुकाल अर्थात सबैभन्दा खराब समय रहनेछ । यो समय भित्र यात्रा, लेनदेन, ठूलो लगानी, नयाँ निर्णय केही पनि गर्नु परिणाम राम्रो हुँदैन ।

नोटः यो पञ्चांगको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि काठमाडौं, नेपालको अक्षांश २७ः४२ उत्तर तथा देशान्तर ८५ः१८ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेदस्थान र विपरीत वेदस्थान समेतको गणना गरिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ