arrow

प्रतिनि धिसभा

‘कांग्रेस-एमाले सरकारले भ्रष्टाचार गर्न टेन्डर पाएजस्तो व्यवहार गरिरहेको छ’: लिङ्देन

logo
हाम्रा कुरा
प्रकाशित २०८२ साउन ७ बुधबार
lingden-04-04.jpg

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले वर्तमान कांग्रेस-एमालेको संयुक्त सरकारले 'भ्रष्टाचार गर्न टेन्डर पाएको जस्तो व्यवहार' गरिरहेको आरोप लगाएका छन्। बुधवार प्रतिनि धिसभाको बैठकमा बोल्दै उनले अहिले कुन मन्त्रीले बढी भ्रष्टाचार गर्ने भन्ने प्रतिस्पर्धा चलिरहेको टिप्पणी गरे।

अध्यक्ष लिङ्देनले पछिल्लो समय भ्रष्टाचार नभएको ठाउँ खोज्न गाह्रो भएको भन्दै एक-दुई जना नभएर दर्जनभन्दा बढी मन्त्रीहरूमाथि छानबिन गर्नुपर्ने आवश्यकता औँल्याए। उनले भ्रष्टाचारको जरो राजनीतिक नेतृत्व नै भएकाले केही कर्मचारीलाई कारबाही गरेर मात्र यसलाई नियन्त्रण गर्न नसकिने बताए। उनले राजनीतिक नेतृत्वलाई नै छानबिनको दायरामा ल्याउनुपर्नेमा जोड दिए।

उनले भने, “जबसम्म राजनीतिक नेतृत्वलाई छानबिनको दायरामा ल्याइँदैन, तबसम्म भ्रष्टाचार अन्त्यको कल्पना गर्न सकिँदैन।”

यसका साथै, अध्यक्ष लिङ्देनले भिजिट भिसा प्रकरणमा दुई विपक्षी दलहरू आन्दोलनमा रहँदा पनि सरकार गम्भीर नभएको भन्दै संवादका लागि अग्रसर हुन आग्रह गरे।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ