arrow

यी हुन् साउन ४ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू [भिडियो]

विश्व बैंकसँग १० मिलियन डलर अनुदानबारे वार्ता, बोनम्यारो प्रत्यारोपण केन्द्र बनाउने स्वीकृति

logo
हाम्रा कुरा
प्रकाशित २०८२ साउन ७ बुधबार
prithivi-04.jpg

काठमाडौँ। सरकारले विश्व बैंकबाट 'विकास प्रभावकारिताका लागि सार्वजनिक वित्त परियोजना' शीर्षकमा प्रस्ताव गरिएको १० मिलियन अमेरिकी डलर बराबरको अनुदान सहायता स्वीकार गर्नका लागि वार्ता टोली गठन गरेको छ। आइतबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए। यो वार्ता टोलीको नेतृत्व अर्थ मन्त्रालयका सहसचिवले गर्नेछन्।

मन्त्रिपरिषद्का निर्णयहरू

१. २०८२ साउन १३ देखि १५ गतेसम्म भुटानको राजधानी थिम्पुमा आयोजना हुने प्रोमोटिङ्ग एग्रोकोलोजिकल अपर्चेज फर सस्टेनेबल ट्रान्समिसन अफ एग्रि फुड सिस्टम इन साउथ एसिया कार्यक्रममा सहभागी हुन राष्ट्रिय योजना आयोगका माननीय सदस्य श्री गङ्गादत्त अवस्थीलाई स्वीकृति प्रदान गर्ने ।

२. चीन सरकारबाट बी.पी. कोइराला मेमोरियल क्यान्सर अस्पतालमा बोनम्यारो प्रत्यारोपण चिकित्सा केन्द्र परियोजना कार्यान्वयन गर्नेसम्बन्धी लेटर फर एक्सचेन्जमा हस्ताक्षर गर्न स्वीकृति प्रदान गर्ने ।

३. विश्व बैङ्कबाट विकास प्रभावकारिताको लागि सार्वजनिक वित्त परियोजनाका लागि प्रस्ताव गरिएको १० मिलियन अमेरिकी डलर अनुदान सहायता स्वीकार गर्ने सम्बन्धमा विश्व बैकसँग वार्ता गर्न अर्थ मन्त्रालयका सहसचिवको नेतृत्वमा वार्ता टोली गठन गर्ने ।

४. २०८२ साउन ८ देखि १० गतेसम्म चीनको सान्दोङ प्रान्तमा आयोजना हुने २०२५ इन्टरनेशनल कन्फ्रेन्स अन रेडुसिङ फुड लस एण्ड वेस्टमा कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सचिव डा.गोविन्द प्रसाद शर्मालाई सहभागी हुन स्वीकृति प्रदान गर्ने ।

५. कृषि तथा पशुपक्षी २०८२ साउन १२ र १३ गते इथियोपियामा आयोजना हुने सेकेन्ड युनाइटेड नेशनल फुड सिस्टम समिट स्टकटेकमा कृषि तथा पशुपक्षी विकास मन्त्री माननीय रामनाथ अधिकारीलाई सहभागी हुन स्वीकृति प्रदान गर्ने ।

६.२०८२ साउन ६ गते नयाँ दिल्लीमा आयोजना हुने नेपाल–भारत गृह सचिव स्तरीय बैठकमा नेपालको तर्फबाट गृह सचिव श्री गोकर्णमणि दवाडी नेतृत्वको प्रतिनिधिमण्डललाई भाग लिन स्वीकृति प्रदान गर्ने ।

७. भारतीय सेनाले आयोजना गर्ने १३ औँ एडिशन अफ डुरान्ड कप फुटबल टुर्नामेण्ट २०२५ को ओपनिङ सेरोमनी र नेपाली सेनाको फुटबल टिमको ओपनिङ म्याचमा २०८२ साउन ७ र ८ गते सहभागी हुन नेपाली सेनाका उपरथी श्री ध्रुवप्रकाश शाहलाई स्वीकृति दिने ।

८. नेपाली सेनाका एक जना सहायक रथीलाई अवकाशपूर्व उपरथी दर्जामा मानार्थ बढुवा गर्ने ।

९. २०८२ साउन ७ देखि १५ गतेसम्म जिम्बावेमा आयोजना हुने १५ औँ मिटिङ टु द कन्फ्रेन्स अफ द कन्ट्रयाक्टिङ पेरिटाइज टु द कन्भेन्सन अन वेटल्याण्ड कार्यक्रममा सहभागी हुन वन तथा वातावरण राज्यमन्त्री माननीय रूपा वि.क. लाई स्वीकृति प्रदान गर्ने ।

१०. नायवमहान्यायाधिवक्ता डा. टेकबहादुर घिमिरेले २०८२ साउन २ गतेदेखि लागू हुने गरी पेस गर्नुभए स्वैच्छिक अवकाश स्वीकृत गर्ने ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ