arrow

बिमा प्राधिकरणका अध्यक्ष ओझा निलम्बनमा, छानबिन गर्न समिति गठन 

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असार ३१ मंगलबार
cabinet-82-3-30yy.jpg

काठमाडौँ । बिमा प्राधिकरणका अध्यक्ष शरद ओझा निलम्बनमा परेका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उनीमाथि छानबिन गर्न पूर्वन्यायाधीश कृष्ण गरीको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेसँगै उनी निलम्बनमा परेका हुन् । 

उनले आफू अध्यक्ष नियुक्त हुँदा पेस गरेका कागजात, योग्यता र कार्यशैलीमाथि प्रश्न उठेसँगै छानबिन गर्न सरकारले समिति गठन गरेको हो । समिति गठनसँगै ओझा स्वतः निलम्बनमा परेका हुन् । 

समिति सदस्यमा कपिल वली र जीवनप्रकाश सिटौला रहेका छन् । बिमा ऐनको दफा १२ मा ‘नेपाल सरकारले अध्यक्ष वा सदस्यलाई पदमुक्त गर्नुपरे उच्च अदालतका अवकाशप्राप्त न्यायाधीश अध्यक्ष र बिमा वा आर्थिक क्षेत्रमा कम्तीमा १० वर्ष अनुभव भएका व्यक्तिबाट दुई जना गरी तीन सदस्यीय छानबिन समिति बनाउने समितिको सिफारिसमा पदमुक्त गर्न सक्नेछ’, भनिएको छ ।

उक्त दफामा  ‘छानबिन समिति गठन भएपछि छानबिनको अवधि समाप्त नभएसम्मका त्यस्तो व्यक्ति स्वतः निलम्बन हुनेछ’भनिएको छ ।

उक्त समितिको कार्यकाल बढीमा तीन महिनाको हुनेछ । ओझा गत फागुन १२ गते चार वर्षका लागि प्राधिकरण अध्यक्षमा नियुक्त भएका थिए । 

उनले पेश गरेका कागजात शंकास्पद देखिएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत जेठदेखि नै अनुसन्धान थालेको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ