पूर्वनिर्वाचन आयुक्त इला शर्माको निधनप्रति राष्ट्रपति पौडेलद्वारा दुःख व्यक्त
हाम्रा कुरा
प्रकाशित २०८२ असार २९ आइतबार
619
Shares
काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वनिर्वाचन आयुक्त इला शर्माको हृदयाघातका कारण निधन भएकोमा गहिरो दुःख व्यक्त गरेका छन्।
राष्ट्रपति पौडेलले एक शोक सन्देश जारी गर्दै पत्रकारका रूपमा शर्माले निर्वाह गरेको भूमिकाको सराहना गर्दै त्यो सधैँ स्मरणीय रहने बताएका छन्। उनले निर्वाचन आयुक्तका रूपमा शर्माले निर्वाचन कानुन, नियमावली र निर्देशनको मस्यौदा तयार गर्ने उच्चस्तरीय कानुनी मस्यौदा तथा राजनीतिक सम्बन्ध समितिको कुशलतापूर्वक नेतृत्व गरेको स्मरण गरे।
राष्ट्रपति पौडेलले स्वर्गीय शर्माप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना प्रकट गरेका छन्।