ढाका । बंगलादेशमा सुरु भएको साफ यू–२० महिला च्याम्पियनशिप फुटबलमा नेपालले आज भुटानसँग खेल्दैछ । साविक उपविजेता नेपालले भुटानसँग खेलेरै यो प्रतियोगिताको शुरुआत गर्न चाहन्छ ।
खेल ढाकाको बसुन्धारा किङ्स एरेनामा साँझ ६ः१५ बजे हुनेछ । यो उमेर समूहमा नेपाल र भुटान दोस्रोपल्ट भिड्दैछन् ।
दुई वर्षअघि बंगलादेशमै भएको प्रतियोगितामा नेपाल ४–० ले विजयी भएको थियो ।
नेपालको जितमा अमिषा कार्कीले ह्याट्रिक गरेकी थिइन्। एक गोल भने कप्तान प्रीति राईले थपेकी थिइन् । यी दुवै खेलाडी अहिले सिनियर टोलीमा छन् ।
नेपाल भुटानसँग सधै हावी हुँदै आएको छ । नेपाल पहिलो पटक महिलातर्फ यू–१६ मैत्रीपूर्णमा एक खेल हारेको थियो ।
नेपाली टिमले बिहीबार अभ्यास गरेको छ । अभ्यासका तस्बिरहरु । तस्बिरहरु एनएसजेएफबाट लिइएको हो ।