काठमाडौं। क्यानडाको ब्रिटिश कोलम्बियास्थित सर्रेमा रहेको भारतीय कमेडियन कपिल शर्माको भर्खरै खोलिएको क्याफेमा बुधबार राति गोलीबारी भएको छ। जुलाई ७ मा मात्रै उद्घाटन भएको ‘क्याप्स क्याफे’ मा हमलावरहरूले ९ राउन्ड गोली चलाएका थिए।
भारतीय सञ्चारमाध्यमका अनुसार, भारतको राष्ट्रिय अनुसन्धान एजेन्सीको ‘मोस्ट वान्टेड’ सूचीमा रहेका खालिस्तानी आतङ्कवादी हरजीत सिंह लाडीले यस हमलाको जिम्मेवारी लिएका छन्।
हरजीत सिंह लाडीले एक भिडियोमार्फत कपिल शर्माले आफ्नो कमेडी शोमा निहङ्ग सिखहरूबारे गरेको टिप्पणी लाई लिएर क्याफेमा गोलीबारी गरेको दाबी गरेका छन्। उनले ’तुफान सिंह’ नामक अर्का व्यक्तिसँग मिलेर कपिल शर्मालाई सार्वजनिक रूपमा माफी माग्न चेतावनी दिएका छन्, अन्यथा ‘मामला अझ बिग्रन सक्ने’ धम्की दिएका छन्।