arrow

उपाधि लिएर फर्कियो यू–१६ क्रिकेट टोली [फोटोफिचर] 

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असार २३ सोमबार
u16-nep-ret.jpg

काठमाडौँ । मलेसियामा सम्पन्न एसीसी मेन्स यू–१६ इस्ट जोन कप क्रिकेट प्रतियोगिताको उपाधि बोकेर नेपाली टिम स्वदेश फर्केको छ । टोली आइतबार राति फर्केको हो । 

टोलीलाई नेपाल क्रिकेट संघ क्यानका सचिव पारस खड्का लगायतले विमानस्थलमा स्वागत गरेका थिए ।

 फाइनलमा सिंगापुरमाथि २ विकेटको सनसनीपूर्ण जित हासिल गर्दै नेपालले उपाधि जितेको हो । 

बांगीमा भएको खेलमा एक रनको अन्तरमा छैटौँ, सातौँ र आठौँ विकेट गुमाएर हारको नजिक पुगेको नेपालका लागि जोय थापा र अभय यादवको उत्कृष्ट एवं संयमित साझेदारीले नेपाल विजयी भयो । 

११४ रनको सामान्य चुनौँती पछ्याएको नेपालले ५८ रन जोड्दा ५ तथा ९२ रन जोड्दा ८ विकेट गुमाइसकेको थियो । जोय र अभयले टिमलाई जिताए । 


नेपालले २९ ओभरमा ८ विकेटको क्षतिमा जित हासिल गर्यो । जोयले ५३ बलमा अविजित रहँदै २४ तथा अभयले १२ बलमा अविजित १० रन बनाए । 

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको सिंगापुरले ११३ रनमात्र बनाउन सक्यो । सिंगापरले ४०.५ ओभर खेलेर अलआउट भयो । 

नेपालका लागि अभय यादव र सुशीलबहादुर रावलले समान ३, शुभम खनालले २ तथा विपिनप्रसाद शर्माले १ विकेट लिए । 

नेपालले समूह चरणमै सिंगापुरमाथि ६ विकेटको जित हासिल गरेको थियो ।  

यो प्रतियोगितामा नेपाल अपराजित रहेर उपाधि जित्यो । 

सेमिफाइनलमा नेपालले मलेसियालाई र सिंगापुरले हङकङलाई हराएको थियो । नेपालले यो प्रतियोगिताभर उच्च स्कोर खडा गरेको छ । 

नेपालले मलेसियालाई सेमिफाइनलमा नौ विकेटले हराउँदै फाइनलमा स्थान बनाएको हो । ९१ रनको झिनो चुनौती नेपालले ११.४ भोभरमै १ विकेटको क्षतिमा पूरा गर्यो । नेपालका लागि परिमार्जन यादवले ३५ बलमा अविजित रहँदै ५९ तथा श्रीवांश बजगाईंले २२ बलमा अविजित रहँदै २३ रन बनाए। 

यसअघि खेलमा नेपालले टस जितेर पहिले फिल्डिङ गर्दै मलेसियालाई सस्तैमा समेट्यो । मलेसियाले ४३.१ ओभरमा अलआउट हुँदै ९० रनमात्र बनायो । 

मलेसियाका लागि मोहम्मद फातुल मुइनले सर्वाधिक ३८ रन बनाए । नेपालका लागि अभय यादवले १५ रन खर्चेर ४ तथा शुबम खनालले १२ रन खर्चेर ३ विकेट लिए ।

नेपालको समूह चरण

यसअघि नेपालले समूह चरणमा शानदार प्रदर्शन गर्ने क्रममा भुटानमाथि २९८ रनको जितसहित हासिल गरेको थियो । ३५९ रनको चुनौती पछ्याएको भुटान ६० रनमा अलआउट भयो । नेपालका लागि विपिनप्रसाद शर्माले १० ओभरमा ६ मेडन राख्दै ७ रन खर्चेर ४ विकेद्ध लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ५ विकेटको क्षतिमा ३५८ रन बनायो । रौनक श्रीवास्तवले १३२ बलको सामना गर्दै १६८ रन बनाए । उमेर समूहमा यो नै कुनै पनि नेपाली ब्याट्सम्यानको उच्च योगफल हो ।

त्यस्तै इन्डोनेसियालाई नेपालले ३७० रनले हराएको थियो । नेपालले ५ विकेटको क्षतिमा ४२० रन बनाएको थियो । प्रसिद्द जैसीले १३२ तथा रौनक श्रीवास्तवले ८८ रन जोडेका थिए । जवाफमा इन्डोनेसिया विपिनप्रसाद शर्माको ६ विकेटको मद्धतले ५० रनमा अलआउट गर्यो ।

नेपालले जापानलाई ९ विकेटले हराउँदा सिंगापुरलाई ६ विकेटले पराजित गरेको थियो । 

u-16-nep-cri-ret-82-3-22 (19).jpeg
u-16-nep-cri-ret-82-3-22 (18).jpeg
u-16-nep-cri-ret-82-3-22 (17).jpeg
u-16-nep-cri-ret-82-3-22 (16).jpeg
u-16-nep-cri-ret-82-3-22 (15).jpeg
u-16-nep-cri-ret-82-3-22 (14).jpeg
u-16-nep-cri-ret-82-3-22 (13).jpeg
u-16-nep-cri-ret-82-3-22 (12).jpeg
u-16-nep-cri-ret-82-3-22 (11).jpeg
u-16-nep-cri-ret-82-3-22 (10).jpeg
u-16-nep-cri-ret-82-3-22 (9).jpeg
u-16-nep-cri-ret-82-3-22 (8).jpeg
u-16-nep-cri-ret-82-3-22 (7).jpeg
u-16-nep-cri-ret-82-3-22 (6).jpeg
u-16-nep-cri-ret-82-3-22 (5).jpeg
u-16-nep-cri-ret-82-3-22 (4).jpeg
u-16-nep-cri-ret-82-3-22 (3).jpeg
u-16-nep-cri-ret-82-3-22 (2).jpeg
u-16-nep-cri-ret-82-3-22 (1).jpeg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ