arrow

साम्बाले नेपालका लागि गरिन् लगातार तेस्रो ह्याट्रिक, ३-३ को बराबरीपछि पेनाल्टीमा निर्णय

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असार २१ शनिबार
samba-25-7-5.jpg

काठमाडौँ । उज्वेकिस्तानमा भएको एएफसी एसियन कप छनोट फुटबलमा नेपालकी कप्तान सावित्रा भण्डारी सम्बाले लगातार तीन खेलमा ह्याट्रिक गरेकी छिन् । उनले लाओस, श्रीलंका र उज्वेकिस्तानविरुद्ध ह्याट्रिक गर्दै नेपाली फुटबलमा विरलै तोडिने कीर्तिमान बनाएकी छिन् । 

उज्वेकिस्तानविरु नेपाल मध्यान्तरसम्म ३-१ ले पछि परेको अवस्थामा खेलको ७१ औँ र ७३ औँ मिनेटमा साम्बाले गोल गर्दै ३-३ को बराबरी गरेकी थिइन् ।

यसअघि खेलको दोस्रो र ११ औँ मिनेटमा सिल्ली गोल खान पुगेको नेपालले २४ ओँ मिनेटमा सावित्री भण्डारी साम्बाको गोलबाट अन्तर कम गरेको थियो । 

तर ३७ औँ मिनेटमा डी बक्सभित्र नेपाली खेलाडीको ह्याण्ड भएपछि पाएको पेनाल्टीमा उज्वेकिस्तानले ३-१ अग्रता लिएको थियो । 

फाउल बढी खेलेको उज्वेकिस्तान पहिलो हाफको इन्जुरी समयको अन्तिम मिनेटमा दोहोरो पहेँलो कार्ड पाएपछि एक खेलाडीलाई गुमाउन पुग्यो ।  

नेपालले मध्यान्तरपछि फाइदा उठाउन पुग्यो । मध्यान्तरपछि बलमा नेपालले नियन्त्रण लिन सफल भएको थियो । 

अब पेनाल्टीमा एसिया कप खेल्ने टिमको टुंगो लाग्नेछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ