जोमसोम । जलवायु परिवर्तनको असरका कारण निलगिरि हिमाल कालापत्थरमा परिणत हुँदै गएको छ । हप्तादिन अघिसम्म सेताम्मे देखिएको निलगिरि हिमाल अत्यधिक तापक्रम बढेपछि दिनदिनै कालापत्थर झैँ देखिन थालेको हो ।
पछिल्लो समय हिमपात पनि कम हुने र बेमौसमी हिमपातले सेताम्मे देखिएको हिमाल असार महिनमै पग्लिदै गएको हो । रासस