विभिन्न जिल्ला, संघ संस्था अनि थुप्रै रक्तदाता
मिलेर हामी पूर्ति गर्दछौँ रगतको अभाव
१८ वर्ष पूरा भएदेखि शुरू गर्न थालौँ काम
आफू स्वस्थ्य भइ अरु बचाउने महान् अभियान
प्रत्येक तीन महिनामा खेर जाने रगत जम्मा हुन्छ
खेर जाने रगत दिँदा अरुमा जीवन जगत् बन्छ
न जात, धर्म, लिङ्ग, वर्ण यसले हेर्दछ
जीवन बचाउने महान् कार्य यसैले गर्दछ
एक थोपा रगतको महत्व कति बुझौँ
अभावमा परेको व्यक्तिलाई सोधौँ
थरिथरिका रगत हुन्छन् मानव जातिमा
सबैलाई मिल्ने एकमात्र रगत हो यो धर्तीमा
एक कान दुई कान खबर गरी पुर्याउँ मैदान
घर, बस्ती टोल टोल सबै सहभागी जनाउन
साथी सँगी सबै मिली हातेमालो गरौँ
जाँगर देखाइ उत्सुक बढाइ रक्तदान गरौँ
हाम्रो धर्म महान् कर्म जीवन बचाउने
अनुरोध सबैलाई भो रक्तदान गरी सघाउने।