arrow

बाफियासम्बन्धी विधेयकमाथि छलफल

हतारमा बाफिया पास गर्दा सुखद् परिणाम आउँदैन: पूर्वअर्थमन्त्री कार्की

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असार १९ बिहिबार
gyan-bd-karkis.jpg

काठमाडौँ । पूर्वअर्थमन्त्री एवं नेपाली कांग्रेसका सांसद ज्ञानेन्द्रबहादुर कार्कीले बैंक तथा वित्तीय संस्थासम्बन्धी विधेयक (बाफिया) हतारमा पास गर्दा सुखद् परिणाम नआउने बताएका छन्। बिहीबार अर्थ समितिमा भएको बाफियासम्बन्धी विधेयकमाथि छलफलमा भाग लिँदै उनले गम्भीरताका साथ अन्तर्राष्ट्रिय प्रचलनअनुसार कानुनहरू निर्माण गर्नुपर्ने र त्यसबाट मात्रै अर्थतन्त्र बलियो हुने धारणा राखे।

सांसद कार्कीका अनुसार, मुलुकको सुस्त अर्थतन्त्रलाई गति दिन बाफिया विधेयकमाथि व्यापक रूपमा नयाँ ढंगले छलफल गरेर अगाडि बढ्नुपर्छ। उनले देशको अर्थतन्त्र कृषिमा आधारित रहेको भन्दै, चामलमा आत्मनिर्भर बनाउन कृषिमा कसरी लगानी गर्न सकिन्छ भन्नेबारे सोच्नुपर्नेमा जोड दिए।

"बाफियामा व्यापक सुधार गरेर गर्नुपर्छ। जसले मुलुकको सुस्त रूपमा रहेको अर्थतन्त्रलाई गति दिन सकोस्," उनले भने, "न्यून स्तरका कृषक, स्टार्टअपलाई कसरी कर्जा दिन सकिन्छ यसबारे सोच्नुपर्छ। गभर्नरसहित अर्थमन्त्रीलाई राखेर आवश्यक कार्यक्रम राखी बाफिया विधेयकमा छलफल गर्नुपर्छ।"

सांसद कार्कीले बैंकमाथि जनताको भरोसा बढ्नुपर्ने र यसमा ह्रास आएमा राज्य असफल हुने चेतावनी दिए। "बैंकमा तरलता छ तर कुनै व्यवसायी पैसा लिएर व्यवसायमा लगानी गर्न हिचकिचाएका छन्," उनले भने, "जबसम्म उद्यमी व्यवसायीले पैसा लिने वातावरण पाउँदैनन्, तबसम्म अर्थतन्त्र बलियो हुन सक्दैन।"

उनले ऋण लिन अहिले पनि जनतालाई सहजता नरहेको बताए। सांसद कार्कीका अनुसार, एक करोडभन्दा कम ऋण लिन बैंकमा जाँदा पाउन कठिन भइरहेको छ र धितोका नाममा धेरै दुःख दिने काम भइरहेको उनको भनाइ छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ