arrow

नेपाल र श्रीलङ्का भिड्दै, उत्साही नेपाली टिम

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असार १८ बुधबार
nep-sri-25-7-2ee.jpg

काठमाडौँ । एएफसी महिला एसियन कप छनोट प्रतियोगिता अन्तर्गत आज नेपाल र  श्रीलङ्काबीच स्पर्धा हुँदैछ । उज्वेकिस्तानको  तासकेन्दस्थित मिली रङ्गशालामा नेपाली समयानुसार साँझ ६ः१५ मा खेल हुनेछ । 

समूह ‘एफ’ मा रहेको नेपालले पहिलो खेलमा लाओसलाई ९–० गोलन्तरले पराजित गरेको थियो ।  श्रीलङ्काले उज्वेकिस्तानसँग १०–० को पराजय व्यहोरेको थियो । हालसम्मका प्रतियोगितामा नेपाल श्रीलङ्कासँग पराजित भएको छैन । अन्तरराष्ट्रिय प्रतियोगितामा नेपाल श्रीलङ्कासँग सातपटक खेलेको छ । 

फिफा वरियतामा नेपाल १००औँ स्थानमा छभने श्रीलङ्का १५९औँ स्थानमा छ । राउन्ड रोविन पद्धतिमा सञ्चालित उक्त प्रतियोगिता समूहको शीर्षस्थानमा पुग्ने टोली अर्को वर्ष अष्ट्रेलियामा हुने एसियन कपमा सहभागी हुनेछ ।

नेपालको मूख्य भिडन्त उज्वेकिस्तानसँग हुनेछ । 

नेपाली टिम सावित्रा भण्डारीको कप्तानीमा उत्साही भएको देखिन्छ । प्रशिक्षकले टिमलाई नयाँ ढंगबाट लैजान खोजेको देखिन्छ । सावित्राले पहिलो पटक कुनै पनि टिमको कप्तानी सम्हाल्दै शुभ शुरुआत गरेकी छिन् । उनले लाओसविरुद्ध चार गोल गरेकी थिइन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ