arrow

भुटानमाथि दुई सय ९८ रनको जितसहित नेपाल समूह विजेता बन्दै सेमिफाइनलमा

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असार १७ मंगलबार
raunak-srivastav-25-7-1.jpg

काठमाडौँ । नेपाल मलेसियामा जारी एसीसी मेन्स यू–१६ इस्ट जोन कप क्रिकेट प्रतियोगितामा समूह विजेता बन्दै सेमिफाइनलमा पुगेको छ । समूह चरणको अन्तिम खेलमा भुटानमाथि २९८ रनको जितसहित नेपाल अपराजित रहँदै सेमिफाइनलमा पुगेको हो । 

३५९ रनको चुनौती पछ्याएको भुटान ६० रनमा अलआउट भयो । नेपालका लागि विपिनप्रसाद शर्माले १० ओभरमा ६ मेडन राख्दै ७ रन खर्चेर ४ विकेद्ध लिए । त्यस्तै सुयोग भट्टराई र सचिन भट्टले २२ विके६ लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ५ विकेटको क्षतिमा ३५८ रन बनायो । रौनक श्रीवास्तवले १३२ बलको सामना गर्दै १६८ रन बनाए ।  त्यस्तै जोए थापाले ६७ बलमा अविजित रहँदै ६१ रन बनाए । 

श्रीवांश बजगाईंले ५४, सुगम बुढाथोकीले ३५, प्रसिद्द जैसीले ७ तथा परिमार्जन यादवले २ रन बनाए । सन्जय दोर्जीले ३ विकेट लिए । 

यसअघि नेपालले इन्डोनेसिया, सिंगापुर र जापानलाई हराएको थियो । 

सेमिफाइनल भिडन्त
सेमिफाइनलमा नेपालको भिडन्त आयोजक मलेसियासँग हुनेछ । मलेसिया अर्को समूहको उपविजेता हो । यो खेल बिहीबार बिहान ७:४५ बजे शुरु हुनेछ । 

अर्को सेमिफाइनलमा हङकङ र सिंगापुर भिड्ने छन् । यो खेल पनि बिहीबार बिहान ७:४५ बजे शुरु हुनेछ । 

फाइनल खेल आगामी शनिबार हुनेछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ