लाओसविरुद्धको खेलमा नेपाललाई अग्रता, साम्बा महिला टिमकी ११ औँ कप्तान
हाम्रा कुरा
प्रकाशित २०८२ असार १५ आइतबार
851
Shares
काठमाडौँ । नेपाली महिला राष्ट्रिय फुटबल टोलीले आज अन्तर्राष्ट्रिय सयौँ खेल खेलिरहेको छ । उज्वेकिस्तानमा रहेको नेपाली टोलीले एसियन कप छनोटको पहिलो खेलमा लाओससँग खेलेर सय खेल पूरा गरा गरिरहेको हो ।
खेलमा नेपालले प्रारम्भिक अग्रता लिएको छ । खेलको १९ औँ मिनेटमा अनिता बस्नेतले गोल गरेकी हुन् ।
समूह ‘एफ’ का खेल आइतबारदेखि मिली स्टेडियममा भइरहेको छ ।
खेलको कप्तानी पहिलो पटक सावित्रा भण्डारी साम्बाले गरेकी छिन् । यसअघि भने रेनुका नगरकोटीलाई कप्तानको जिम्मा दिएको पहिलो ११ को नाम बाहिरिएको थियो ।
योसँगै साम्बा महिला टिमकी ११ औँ कप्तान भएकी छिन् । उनले अहिलेसम्म कुनै पनि समूहमा कप्तानीको भूमिका निभाएकी थिइनन् ।