arrow

'एमाले ध्वस्त हुने सपना नदेख्नू'

विद्याको पुनरागमनबारे केपी: 'कुनै बम पड्किनेवाला छैन, सपना नदेख्नुस्' [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असार १४ शनिबार
kp-oli-222.jpg

काठमाडौं। प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको राजनीतिमा फर्किने घोषणा र त्यसले नेकपा एमालेमा 'विस्फोट' ल्याउने भन्ने हल्ला निराधार रहेको बताएका छन्। जननेता मदनकुमार भण्डारीको ७४औँ जन्मजयन्तीका अवसरमा आयोजित 'जबजका तीन दशक' विषयक राष्ट्रिय गोष्ठीलाई सम्बोधन गर्दै उनले यस्ता भ्रममा नपर्न आग्रह गरे।

अध्यक्ष ओलीले सञ्चारमाध्यममा आफू र पूर्वराष्ट्रपति भण्डारीले 'बम पड्काउने' र 'आजैबाट नेकपा एमाले ध्वस्त हुने' जस्ता भ्रम फैलाइएकोमा आपत्ति जनाए। उनले मदन भण्डारीको जन्मजयन्तीलाई लिएर केही तत्वले विभिन्न आशा र अपेक्षा गरेको उल्लेख गर्दै भने, "यहाँ मैले एकदम बम पड्काउँछु, विद्या भण्डारीजीले बम पड्काउनुहुन्छ, ड्याङड्याङ डुङडुङ, यहीँबाट एमाले ध्वस्त हुन सुरु गर्छ। यो सपना देखेर बसेका छन्। कुनै बम, बन्दुक, बारुद गोला पड्किनेवाला छैन। आश नगरे हुन्छ।"

प्रधानमन्त्री ओलीले नेकपा एमाले एक रहेको र एक रहने बताउँदै अब पनि एकजुट भएर अघि बढ्ने स्पष्ट पारे। उनले अनलाइनमा यस्ता भ्रामक समाचारहरू देख्न सकिने भन्दै त्यसमा भ्रममा नपर्न आग्रह गरे। उनले नहुने सपना नदेख्न पनि आग्रह गरे।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ