arrow

थ्रीस्टार बी डिभिजनमा घटुवा भएसँगै एन्फाका सहायक महासचिव जोशीले दिए राजीनामा

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असार ११ बुधबार
arunman-joshi-82-3-11.jpg

काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) का सहायक महासचिव अरुणमान जोशीले पदबाट राजीनामा दिएका छन् । थ्री स्टार क्लबलाई ‘बी’ डिभिजनमा झार्ने एन्फा अपील कमिटीको निर्णयमा आपत्ति जनाउँदै जोशीले उक्त पदबाट राजीनामा दिएका हुन् । 

जोशी थ्रीस्टारका निवर्तमान अध्यक्ष हुन् । आफ्नो क्लबमाथि एन्फाले लगातार अन्याय गरेको आरोप लगाउँदै जोशी एन्फाबाट बिदा भएका हुन् । 

दुई वर्षअघि सम्पन्न लिगमा भएको विषयलाई आधार मानेर अहिले एन्फाले थ्रीस्टारलाई कारबाही गरेको हो । सशस्त्र प्रहरीको एपीएफ क्लबको उजुरीमा एन्फाले थ्रीस्टार क्लबलाई‘ बी डिभिजनमा घटुवा गर्ने निर्णय गरेपछि आफूले नैतिकताका आधारमा राजीनामा बुझाएको जोशीको भनाइ छ ।

भिसा नभएका विदेशी खेलाडीलाई खेलाएको पुष्टि भएको जनाउँदै एन्फाले थ्री–स्टारलाई बी डिभिजन लिगमा घटुवा गर्ने निर्णय गरेको थियो । त्यसबेला जोशी नै थ्रीस्टारका अध्यक्ष थिए ।

जोशीले यो विषयमा निर्णय लिन ढिलाई गरेकाले एन्फामाथि शंका गर्नुपर्ने अवस्था सिर्जना भएको बताएका छन् । उनले जावलाखेल युथ क्लब विरुद्धको खेलमा भिसा नभएका खेलाडी खेलाएको अभियोगमा क्लब कारबाहीमा परेको प्रसङ्गमा तेस्रो पक्ष एपीएफले दिएको उजुरी लिनु एन्फाको त्रुटि रहेको तर्कसमेत गरेका छन् । 

थ्रीस्टार ए डिभिजनमा प्रवेश गरेपछि पहिलो पटक बी डिभिजनमा घटुवा भएको हो। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ