arrow

काठमाडौँमा स्वास्थ्य सेवा व्यवस्थापकहरूको प्रदर्शन [भिडियो]

स्थायी दरबन्दीको माग

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असार ८ आइतबार
swastha-bewasai.jpg

काठमाडौं। नेपाल स्वास्थ्य सेवा व्यवस्थापक संघले आइतबार काठमाडौंको माइतीघर मण्डलामा स्वास्थ्य सेवा व्यवस्थापकको स्थायी दरबन्दी कायम गर्न माग गर्दै प्रदर्शन गरेको छ। उनीहरूले आफ्ना माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने बताएका छन्।

प्रदर्शनकारीहरूले विभिन्न प्लेकार्ड र नारासहित आफ्ना मागहरू अघि सारेका थिए। उनीहरूले करारमा कार्यरत अस्पताल व्यवस्थापन अधिकृतहरूलाई स्थायी पद कायम गर्न, त्रुटिपूर्ण ओ.एण्ड एम सर्भे संशोधन गर्न, स्वास्थ्य सेवा व्यवस्थापनलाई अस्पतालको सेवामा चुस्त बनाउन, र लोक सेवा आयोगमार्फत स्वास्थ्य सेवा व्यवस्थापकको स्थायी दरबन्दी सिर्जना गर्न माग गरेका छन्।

स्वास्थ्य सेवा प्रणालीलाई अझ प्रभावकारी र व्यवस्थित बनाउन स्थायी तथा दक्ष जनशक्तिको आवश्यकतामा उनीहरूले जोड दिएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ