arrow

सुनचाँदी व्यवसायीले रोके आन्दोलन, भाका मसान्तको [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असार ५ बिहिबार
gold-silver-82-3-5.jpg

काठमाडौँ । सुनचाँदी व्यवसायीले आन्दोलन स्थगित गरेका छन् । बुधबार सम्पन्न नेपाल सुनचाँदी व्यवसायी महासंघ र नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघको संयुक्त राष्ट्रिय भेलाले हाल जारी आन्दोलन स्थगित गर्ने निर्णय गरेको हो ।

केही दिनयता काठमाडौं र बागमती प्रदेशमा गरिएका पसल बन्द माग सम्बोधन नभए पनि बिहीबारदेखि खुला गरिएको महासंघले जनाएको छ ।

सुनचाँदी व्यवसायीले आफूहरुको माग पूरा गर्न सरकारलाई असार मसान्तसम्मको ‘अल्टिमेटम’ दिएका छन् ।  

सुनमा लगाइएको २ प्रतिशत विलासिता कर र हिरा तथा बहुमूल्य पत्थरमा लगाइएको १३ प्रतिशत भ्याट खारेज गर्नुपर्ने र सुनको भन्सार दर नेपाल र भारतमा समान हुनेगरी सरकारबाट निर्णय हुनुपर्ने व्यवसायीको माग छ ।

व्यवसायीले असार मसान्तभित्र पनि माग सम्बोधन नगरे संयुक्त समितिमार्फत सशक्त आन्दोलन अघि बढाउने चेतावनी दिएका छन् ।
 

sunchandi-byabasayee-82-3-5 (11).jpeg
sunchandi-byabasayee-82-3-5 (10).jpeg
sunchandi-byabasayee-82-3-5 (9).jpeg
sunchandi-byabasayee-82-3-5 (8).jpeg
sunchandi-byabasayee-82-3-5 (7).jpeg
sunchandi-byabasayee-82-3-5 (6).jpeg
sunchandi-byabasayee-82-3-5 (5).jpeg
sunchandi-byabasayee-82-3-5 (4).jpeg
sunchandi-byabasayee-82-3-5 (3).jpeg
sunchandi-byabasayee-82-3-5 (2).jpeg
sunchandi-byabasayee-82-3-5 (12).jpeg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ