उच्चस्तरीय सुशासन आयोगको पहिलो बैठक सम्पन्न: कार्यक्षेत्र र प्राथमिकतामा छलफल [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८२ असार ४ बुधबार
589
Shares
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा गठित उच्चस्तरीय सुशासन आयोगको पहिलो बैठक आज सिंहदरबारमा सम्पन्न भएको छ।
बैठकमा आयोग गठनको उद्देश्य, कार्यक्षेत्र निर्धारण र प्राथमिकताका कार्यसूचीबारे परिचयात्मक छलफल भएको राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. शिवराज अधिकारीले जानकारी दिए।
उपाध्यक्ष अधिकारीका अनुसार, राजनीतिक दल, विज्ञ र निजी क्षेत्रका प्रतिनिधिको मनोनयन चाँडै गरी अर्को साता दोस्रो पूर्ण बैठक बस्ने तय भएको छ।
बैठकपछि सञ्चारकर्मीहरूसँगको संक्षिप्त कुराकानीमा उनले भने, "आज पहिलो बैठक हो। अब कुन मोडालिटीमा अगाडि बढ्ने भन्ने विषयमा छलफल भयो। स्पेसिफिक एजेण्डा भन्दा पनि अब हामी कसरी अगाडि बढ्ने र आयोगको कामलाई थप प्रभावकारी कसरी बनाउने भन्ने विषयमा छलफल भयो।"
गत वैशाख ८ गतेको मन्त्रिपरिषद्को बैठकले प्रधानमन्त्री ओलीको अध्यक्षतामा १५ सदस्यीय यो आयोग गठन गरेको थियो।