अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य निरन्तर बढ्दै, आज तोलामा नौ सयले वृद्धि
हाम्रा कुरा
प्रकाशित २०८२ असार ४ बुधबार
519
Shares
काठमाडौँ। गत जेठ २७ गतेदेखि अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य निरन्तर बढिरहेको छ। आज (बुधबार) बजार खुल्दा मङ्गलबारको तुलनामा सुन प्रति तोलामा नौ सय र चाँदी रु ६५ ले बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मोल रु १ लाख ९५ हजार ५०० कायम भएको छ भने एक तोला चाँदी रु २ हजार २२५ मा कारोबार भइरहेको छ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार, आज अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन ३ हजार ३९३ अमेरिकी डलरमा कारोबार भइरहेको छ।