काठमाडौँ । क्लब विश्वकप फुटबल अन्तर्गत समूह ‘डी’ को पहिलो खेलमा इङ्गलिश क्लब चेल्सीले विजयी शुरुआत गरेको छ । चेल्सीले अमेरिकन टोली लस एन्जलस एफसीलाई २–० ले पराजित गर्यो ।
७१ हजार क्षमताको मर्सिडिज बेन्ज स्टेडियममा मंगलबार बिहान आयोजित खेलमा झण्डै ५० हजार सिट खाली देखिए पनि नेटो र एन्जो फर्नान्डेजले गोल गर्दै टोलीलाई सहज जित दिलाए।
एलएएफसीका गोलकिपर ह्युगो लोरिसको गोल पोस्टमुनि राम्रै प्रदर्शन भए पनि गोल रोक्न सकेनन् ।
यो समूहको अर्को खेलमा फ्लेमेंगोले इपेरेन्सलाई २–० ले हरायो । समूह सीको खेलमा बेनेफिकाले बोका जुनियर्ससँग २–२ को बराबरी खेल्यो ।
समूह ए को खेलमा पाल्मेरसले एफसी पोर्टोसँग गोलरहित बराबरी खेल्यो ।
समूह बी को खेलमा पेरिस सेन्ट जर्मेनले एथलेटिको मड्रिडलाई ४–० ले हरायो ।
त्यस्तै बोटाफोगो एफआरले सिटल साउन्डर्स एफसीलाई २–१ ले हरायो ।