सुनमा विलासिता कर खारेजी माग गर्दै प्रदर्शन [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८२ असार २ सोमबार
707
Shares
काठमाडौँ। नेपाल सुनचाँदी व्यवसायी तथा कालीगढ संघर्ष समितिले सुनमा लगाइएको दुई प्रतिशत विलासिता कर खारेजीको माग गर्दै प्रदर्शन गरेका छन्।
आज काठमाडौँको न्युरोडमा सुन व्यवसायीहरूले विरोध प्रदर्शन गरेका हुन्। उनीहरूले सुनमा लगाइएको दुई प्रतिशत विलासिता कर र हीरा तथा पत्थरमा लगाइएको १३ प्रतिशत भ्याट खारेज गर्न माग गरेका छन्।
प्रदर्शनकारीहरूले सुनचाँदीको कारोबारका लागि व्यवसायीमैत्री एवं उपभोक्तामुखी स्पष्ट नीति, नियमावली र निर्देशिका निर्माण गर्नुपर्ने मागसमेत राखेका छन्।
उनीहरूले 'हाम्रा कुरा सुन्दे, चाहिए जति सुन दे', 'उपभोक्तामारा नियम चाहिँदैन', 'सरकार सुन दे', 'सुनचाँदीको कानुन दे', 'उच्च कर हटाउ, व्यापार बचाऔँ' लगायतका प्लेकार्ड र नारासहित विरोध जनाएका थिए।