arrow

सुनको मूल्यमा उछाल, तोलामा ४२ सय रुपैयाँले वृद्धि

logo
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ ३० शुक्रबार
gold-silver-new-hk-2081.jpg

काठमाडौँ । अन्तर्राष्ट्रिय बजारमा गत मङ्गलबारदेखि सुनको मूल्य निरन्तर बढिरहेको छ । 

जसको प्रभाव स्वरूप स्थानीय बजारमा आज सुनको भाउ तोलामा ४ हजार २०० रुपैयाँले बढेको छ। 

चाँदीको मूल्यमा पनि प्रति तोला १५ रुपैयाँले बढोत्तरी भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, आज एक तोला सुनको मोल १ लाख ९७ हजार १०० रुपैयाँ कायम भएको छ। यस्तै, एक तोला चाँदी २ हजार १६५ रुपैयाँमा कारोबार भइरहेको छ।

गत मङ्गलबार एक तोला सुन १ लाख ९० हजार रुपैयाँमा कारोबार भएको थियो भने सोही परिमाणको चाँदी २ हजार १६५ रुपैयाँमा स्थिर थियो।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएअनुसार, आज एक औँस सुन ३ हजार ४२७ अमेरिकी डलरमा कारोबार भइरहेको छ। मूल्यमा आएको यो ठूलो वृद्धिलाई लिएर उपभोक्ता तथा व्यवसायीहरूमा चासो बढेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ