arrow

अमेरिकी हिंसा भड्किँदा

अमेरिकामा आप्रवासन नीतिको विरोध, लस एन्जलसमा साँझ ६ बजेपछि कर्फ्यू [३६ तस्बिर]

१२ राज्यका २५ सहरमा विरोध प्रदर्शन, ११ सय भन्दा बढी पक्राउ, सहरभरि विद्रोह ऐन लागू गर्ने ट्रम्पको चेतावनी

logo
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ २८ बुधबार
usa-protest-25-6-10.jpg
तस्बिर – एपी, एएफपी ।

काठमाडौँ । अमेरिकी सरकारको विरोधमा अमेरिकाका १२ राज्यका २५ सहरमा विशाल प्रदर्शन भएको छ । सरकारको आप्रवासन नीतिको विरोधमा लस एन्जलसमा ५ दिनदेखि हिंसात्मक प्रदर्शन जारी रहेको छ । 

सो प्रदर्शनका कारण लस एन्जलसमा साँझ ६ बजेपछि कर्फ्यू लगाइएको छ। लस एन्जलसकी मेयर करेन बासले आपतकालीन घोषणा गरेकी छिन् । 

साथै मंगलबार राति ८ बजेदेखि बुधबार (स्थानीय समय) साँझ ६ बजेसम्म लस एन्जलस सहरका केही भागहरूमा कर्फ्यू लगाइएको थियो । सोमबार यो विरोध अमेरिकाका १२ राज्यका २५ सहरहरूमा फैलिएको थियो ।

अमेरिकाका सान फ्रान्सिस्को, डलास, अस्टिन, टेक्सास र न्यूयोर्क जस्ता सहरहरूमा शान्तिपूर्ण प्रदर्शनहरू भएका थिए । स्थिति नियन्त्रण गर्न ट्रम्पले मंगलबार चार हजार राष्ट्रिय गार्डसहित सात सय मरीन कमाण्डो लस एन्जलस पठाएका छन् । 

सोमबार–मंगलबार, लस एन्जलस प्रहरीले ११०० भन्दा बढी प्रदर्शनकारीहरूलाई पक्राउ गरेको छ । 

यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यदि लस एन्जलसमा हिंसा जारी रह्यो भने उनले सहरभरि विद्रोह ऐन लागू गर्न सक्ने चेतावनी दिएका छन् । यो कानूनले सरकारलाई हिंसा रोक्न सैन्य बल प्रयोग गर्न अनुमति दिन्छ ।

ट्रम्पले जुन १४ तारिख शनिबार वासिङ्टन डीसीमा आयोजना हुने सेना परेडको समयमा हुने विरोध प्रदर्शनको विरुद्धमा पनि चेतावनीसमेत दिएका छन् ।

उनले यदि कसैले विरोध गर्छ भने उसले सेनाको सामना गर्नुपर्ने चेतावनी दिएका हुन् । जुन १४ अमेरिकी सेनाको २५० औं वार्षिकोत्सव र ट्रम्पको ७९ औं जन्मदिन पनि हो ।

यस हिंसामा अहिलेसम्म दुई जनाको मृत्यु भइसकेको छ। अवैध आप्रवासीहरूलाई निष्कासन गर्ने निर्णयको विरुद्धमा यी हिंसात्मक प्रदर्शनहरू भइरहेका छन् । हाल लस एन्जलसमा हिंसा कम हुँदै गएको देखिन्छ ।

usa-protest-immigration-25-6-10 (13).jpg
usa-protest-immigration-25-6-10 (12).jpg
usa-protest-immigration-25-6-10 (11).jpg
usa-protest-immigration-25-6-10 (10).jpg
usa-protest-immigration-25-6-10 (9).jpg
usa-protest-immigration-25-6-10 (8).jpg
usa-protest-immigration-25-6-10 (7).jpg
usa-protest-immigration-25-6-10 (6).jpg
usa-protest-immigration-25-6-10 (5).jpg
usa-protest-immigration-25-6-10 (4).jpg
usa-protest-immigration-25-6-10 (3).jpg
usa-protest-immigration-25-6-10 (2).jpg
usa-protest-immigration-25-6-10 (1).jpg
usa-protest-immigration-25-6-10 (21).jpg
usa-protest-immigration-25-6-10 (23).jpg
usa-protest-immigration-25-6-10 (24).jpg
usa-protest-immigration-25-6-10 (25).jpg
usa-protest-immigration-25-6-10 (26).jpg
usa-protest-immigration-25-6-10 (27).jpg
usa-protest-immigration-25-6-10 (28).jpg
usa-protest-immigration-25-6-10 (29).jpg
usa-protest-immigration-25-6-10 (30).jpg
usa-protest-immigration-25-6-10 (31).jpg
usa-protest-immigration-25-6-10 (32).jpg
usa-protest-immigration-25-6-10 (33).jpg
usa-protest-immigration-25-6-10 (34).jpg
usa-protest-immigration-25-6-10 (35).jpg
usa-protest-immigration-25-6-10 (36).jpg
usa-protest-immigration-25-6-10 (37).jpg
usa-protest-immigration-25-6-10 (20).jpg
usa-protest-immigration-25-6-10 (19).jpg
usa-protest-immigration-25-6-10 (18).jpg
usa-protest-immigration-25-6-10 (17).jpg
usa-protest-immigration-25-6-10 (16).jpg
usa-protest-immigration-25-6-10 (15).jpg
usa-protest-immigration-25-6-10 (14).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ