arrow

नेपाली फुटबलको कीर्तिमानी हार

logo
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ २७ मंगलबार
nepal-laos-25-6-10.jpg

काठमाडौँ । नेपाली फुटबलको अधोगति कायमै रहेको छ । नेपालले अहिलेसम्म हार नबेहोरेको टिम लाओससँग पराजय भोगेसँगै उसको अधोगतिको श्रृंखला कायमै रहेको हो । 

न्यु लाओस नेसनल स्टेडियममा मंगलबार बेलुकी सम्पन्न एएफसी एसियन कप छनोटअन्तर्गत तेस्रो चरणको दोस्रो खेलमा लाओसले नेपालमाथि २–१ को ऐतिहासिक जित निकालेको हो । घरेलु मैदानमा लाओसलाई जित दिलाउन दामोथ थोङ्खामसभतले १३ औँ मिनेटमा र पिटर फान्थाभोन्गले ५० मिनेटमा गोल गरेका हुन् ।

२–० ले पछि परेको अवस्थामा नेपालका लागि मनिष डाँगीले ७३ औँ मिनेटमा सान्त्वना गोल फर्काएका थिए ।

नेपालले चिरपरिचित प्यारो प्रतिद्धन्द्धीसँग हार बेहोरेसँगै यसको स्थिति कति खस्केको छ भन्ने स्पष्टै हुन्छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ