arrow

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

logo
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ २७ मंगलबार
gold-silver-new-hk-2081.jpg

काठमाडौँ। नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ। सोमबारको तुलनामा आज सुन र चाँदी दुवैको भाउ घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, आज एक तोला सुनको मूल्य १ लाख ९० हजार रुपैयाँ कायम भएको छ। सोमबार भने सोही परिमाणको सुन १ लाख ९० हजार ६०० रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, चाँदीको मूल्यमा पनि केही फेरबदल भएको छ। आज एक तोला चाँदी २ हजार १५० रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार एक तोला चाँदी २ हजार १६५ रुपैयाँमा किनबेच भएको थियो।

अन्तर्राष्ट्रिय बजारमा आज एक औँस सुन ३ हजार ३१६ अमेरिकी डलरमा कारोबार भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ