arrow

त्रिकोणात्मक श्रृंखलाको अन्तिम खेलमा नेपालले नेदरल्याण्ड्ससँग खेल्दै

logo
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ २७ मंगलबार
nep-netherlands-25-6-4.jpg

काठमाडौँ । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत स्कटल्याण्ड भ्रमणमा रहेको नेपालले त्रिकोणात्मक श्रृंखलाको अन्तिम खेलमा आज नेदरल्याण्ड्ससँग खेल्दैछ । 

अंक तालिकामा कमजोर स्थितिमा रहेको नेपालले आफूलाई सुधार गर्न पनि यो खेल जित्नैपर्ने दबाब रहेको छ । यसअघि पहिलो खेलमा नेपालले नेदरल्याण्ड्सलाई नाजुक अवस्थामा रहेको नेपालले स्कटल्याण्ड भ्रमणलाई यादगार बनाउने लयमा भए पनि पछिल्लो खेलमा स्कटल्याण्डसँग २ रनले पराजित भएसँगै ह्याट्रिक जित टुक्रिएको थियो । 

अब अन्तिम खेल जितेर भने नेपालले आफूलाई फेरि खेलमा फर्काउन सक्छ । 

नेपालले पहिलो खेलमा स्कटल्याण्डलाई १ विकेटले हराएको थियो । दोस्रो खेलमा नेदरल्याण्ड्सलाई ५ विकेटले हराएको थियो । तेस्रो खेलमा नेपाल स्कटल्याण्डसँग २ रनले पराजित भयो । लयमै रहेको नेपालले आज पनि सहज जित हासिल गर्ने आशा गर्न सकिन्छ । 

एक दिवसीय क्रिकेटमै अहिलेसम्मको उच्च ३२४ रनको लक्ष्य पछ्याएको नेपाल तेस्रो खेलमा घरेलु टोलीसँग २ रनले पराजित भएको थियो ।

यद्यपि उक्त खेलमा बनाएको ३२१ रन नेपालले एक दिवसीय क्रिकेटमा बनाएको अहिलेसम्मकै सर्वाधिक योगफल हो ।

नेपालले रन पछ्याएर जितेको कीर्तिमानी रन भनेको २९७ रन हो । पहिलो खेलमा स्कटल्याण्डलाई हराउँदा नेपालले आफ्नो व्यक्तिगत कीर्तिमान बनाएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ