काठमाडौँ । स्पेनिश फुटबल खेलाडी लामिन यमल संसारकै सबैभन्दा मूल्यवान फुटबल खेलाडी बनेका छन् । खेलाडी मूल्यांकनमा विशेषीकृत वेबसाइट ट्रान्सफरमार्क्टको पछिल्लो अपडेटअनुसार उनको बजार मूल्य २०० मिलियन युरो पुगेको छ।
१७ वर्षे खेलाडीका लागि कीर्तिमानी रकम हो । यमल अहिले ला लिगा मात्र होइन, सम्पूर्ण विश्व फुटबलमै सबैभन्दा महँगो खेलाडीको रूपमा शीर्ष स्थानमा छन् ।
२०२४–२५ सिजनमा उनले सबै प्रतियोगितामा ५५ खेल खेलेका थिए । ती खेलमा १८ गोल र २५ एसिस्ट दिएका थिए। हान्सि फ्लिकको प्रशिक्षणमा बार्सिलोनालाई सफल बनाउन उनी मुख्य नायक बने । यमलको मूल्य ११.१ प्रतिशतले बढेको छ।